अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान « Khabarhub

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ ।

कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ ।

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ । सिनेटका ३५ सिटमा पनि निर्वाचन हुँदैछ । 

अहिले रिपब्लिकनसँग ५३ र डेमोक्रेटलाई समर्थन गर्ने दुई स्वतन्त्र सदस्यसहित ४७ सिट छन् । सिनेटको नियन्त्रण लिन डेमोक्रेटले चार सिटको खुद लाभ लिनुपर्नेछ ।

मत सर्वेक्षणमा डेमोक्रेटले राष्ट्रिय स्तरमा अग्रता देखाएका छन् । पीबीएस न्युज, एनपीआर र मेरिस्टको सर्वेक्षणमा डेमोक्रेटलाई ५३ प्रतिशत र रिपब्लिकनलाई ४१ प्रतिशत समर्थन प्राप्त भएको थियो । 

ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर विभिन्न सर्वेक्षणमा ३२ देखि ४१ प्रतिशत देखिएको छ । एनबीसी न्युजको सर्वेक्षणमा ५५ प्रतिशतले उनका नीतिले अर्थतन्त्रलाई हानि पुर्‍याएको र २६ प्रतिशतले सहयोग गरेको बताएका थिए ।

विज्ञापन अनुगमन कम्पनी एडइम्प्याक्टले यस निर्वाचन चक्रमा विज्ञापन खर्च ११ अर्ब ६० करोड डलर पुग्ने अनुमान गरेको छ । काइनेटिक पोलिटिकल इनसाइट्सको अनुमान ११ अर्ब ९६ करोड डलर छ । सन् २०२२ को मध्यावधि निर्वाचनमा आठ अर्ब ९० करोड डलर खर्च भएको थियो । क्यालिफोर्नियाको गभर्नर पदको प्रारम्भिक निर्वाचनमा मात्रै ३३ करोड डलर विज्ञापनमा खर्च भएको थियो ।

यस वर्ष कङ्ग्रेसका प्रारम्भिक निर्वाचनमा दुई हजार ४९७ उम्मेदवार सहभागी भएका थिए । प्रतिनिधिसभाका ४४ प्रतिस्पर्धामा सन् २०२४ का प्रमुख दलका उम्मेदवार पुनः भिड्दैछन् । राज्य तथा स्थानीय निर्वाचनसमेत जोड्दा देशभर यस्ता पुनः प्रतिस्पर्धा ४७४ पुगेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  २ : २५ बजे

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दिया– बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने

कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने

काठमाडौं- जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परिरहेको प्रभावलाई सम्बोधन गर्न नेपाल,

पर्दाका कठोर खलनायकको जीवन संकटमा : कमब्याकको पर्खाइमा शरद कपुर

कुनै समय बलिउडमा खलनायकको भूमिकाबाट दर्शकको मनमा छुट्टै छाप छोडेका

साउदीका अमेजन गोदाममा कार्यरत श्रमिक शोषणमा, महिनौँसम्म तलबविहीन

काठमाडौँ- साउदी अरबमा अमेजनका गोदाममा कार्यरत नेपालीसहितका आप्रवासी श्रमिकले रोजगारी असुरक्षा,

टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान

इलाम– इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र