एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू) « Khabarhub

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । 

चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो ।

जितका लागि चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर किंग्स १९ ओभर ३ बलमा १ सय ४९ रनमा समेटियो ।

विराटनगरका लागि ओपनर इमरान शेखले ३९ र आन्द्रे रसेलले ३३ रन बनाएपनि जित दिलाउन सकेनन् । विराटनगरका अर्का ओपनर लोकेश बमले २६ रन जोडे । विराटनगरका कप्तान सन्दीप लामिछाने, प्रतिश जिसी र रुपेश सिंह शून्यमा आउट भए ।

बलिङतर्फ चितवनका कमलसिंह ऐरी एक्लैले चार विकेट लिए । रिजन ढकालले दुई तथा रञ्जन कुमार, टन टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट लिए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ४ : ३३ बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली