के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा « Khabarhub

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक मैदानमा उत्रिन लागेका हुन् ? राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का एक वरिष्ठ नेतासँगको भेटघाट र आफ्नो समर्थक सञ्जाललाई सामाजिक अभियानमा रूपान्तरण गर्ने उनको पछिल्लो कदमले यस्तो प्रश्न उठाएको छ ।

भारतीय अभिनेता विजय राजनीतिमा सक्रिय हुँदै तमिलनाडुको मुख्यमन्त्री बनेपछि धनुषको सम्भावित राजनीतिक यात्राबारे पनि चर्चा हुन थालेको हो । 

पछिल्ला गतिविधिले उनी राजनीतिमा प्रवेशको तयारीमा छन् कि भन्ने अड्कलबाजीलाई थप बल दिएको छ।

भारतीय मिडिया अनुसार धनुषले गत अगस्ट र सेप्टेम्बरमा आरएसएसका दक्षिण क्षेत्र हेर्ने एक वरिष्ठ नेतासँग दुई पटक भेट गरेका थिए। यद्यपि, ती भेटघाटको उद्देश्यबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

यसैबीच, धनुषले आफ्नो फ्यान क्लबलाई ‘धनुष नर्पणी इयक्कम’ नामक कल्याणकारी संस्थाका रूपमा अघि बढाएका छन् ।

हालै चेन्नईमा आयोजित एक कार्यक्रममा उनले संस्थासँग आबद्ध करिब २ हजार ५०० महिला समर्थकसँग भेटघाट गरेका थिए । 

उनले विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गर्ने योजना पनि बनाएको बताइएको छ। रोचक पक्ष के छ भने, विजयले पनि राजनीतिक पार्टी घोषणा गर्नुअघि सामाजिक र शैक्षिक कार्यक्रममार्फत समर्थकसँगको सम्बन्ध बलियो बनाएका थिए । 

त्यसैले धनुषका गतिविधिलाई विजयकै रणनीतिसँग तुलना गर्न थालिएको छ ।

तर, धनुषले राजनीतिमा प्रवेश गर्ने औपचारिक घोषणा गरेका छैनन् । आरएसएस नेतासँगको भेट राजनीतिक सहमतिका लागि भएको प्रमाण पनि सार्वजनिक भएको छैन ।

यदि धनुष राजनीतिमा आए भने तमिलनाडुको राजनीतिक समीकरणमा कस्तो प्रभाव पर्ला ? अहिले यो प्रश्न चासोको विषय बनेको छ । तर, उनको वास्तविक योजना भने औपचारिक घोषणा नहुँदासम्म अनुमानमै सीमित रहनेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ४ : ४१ बजे

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट