दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव « Khabarhub

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ । दसैँ बिदाका कारण यस बीचमा विभिन्न सङ्घसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौँडा, रक्त सञ्चार केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिए।

रगत अभाव भएसँगै केन्द्रका तर्फबाट सङ्घ संस्थासँग रक्तदानका लागि आह्वानसमेत गरिएको छ । संस्थाको आह्वानसँगै आज चुरियामाईमा गरिएको रक्तदानमा २१ युनिट रगत संकलन भएको उनले जानकारी दिए । 

रगत अभावलाई दृष्टिगत गर्दै हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले रेडक्रस हेटौँडा शाखासँगको समन्वयमा यही कात्तिक १२ गते बिहीबार बिहान ७ बजे हेटौँडा मेनरोडस्थित बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए ।

रगत अभावको समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै उनले रक्तदानका लागि सबैमा अनुरोध गरे। रक्त सञ्चार केन्द्र प्रमुख दाहालका अनुसार हेटौँडामा दैनिक १० देखि १५ युनिट रगत आवश्यक हुने गरेको छ । 

हेटौँडामा ५५ जना नियमित डाइलोसिस गर्नुपर्ने बिरामी रहेका कारण उक्त युनिट रगत अपरिहार्य हुने गरेको उनले बताए। 
 

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ७ : ५४ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली