कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै  « Khabarhub

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन् ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतको तथ्याङ्कअनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा  उपचारका लागि आउने गरेका हुन् ।

बीस वर्षमुनिका ९५० जना बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचाररत रहेका अस्पतालका सर्जन डा. सुवास शर्माले जानकारी दिए । ‘तीमध्ये साइकोसिस, अटिजमलगायत समस्या भएका व्यक्ति बढी देखिएका छन् । कम उमेरमा मानसिक स्वास्थ्य समस्या बढ्नु चिन्ताजनक विषय हो’, उनले भने ।

डा. शर्माका अनुसार मुटुसम्बन्धी रोगका २७, मधुमेहका १०, अटिजम स्पेक्ट्रम डिसअर्डरका १०, दमका पाँच र क्यान्सरका एक जना बालबालिका उपचाररत छन् । अस्वस्थ जीवनशैली, पत्रुखानाको बढ्दो प्रयोग, शारीरिक गतिविधिको कमी, मानसिक तनाव र डिजिटल उपकरणको अत्यधिक प्रयोगले बालबालिकामा नसर्ने रोगको जोखिम बढेको उनको भनाइ छ ।

समयमा स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम तथा मानसिक स्वास्थ्यप्रति परिवार र विद्यालयको सहकार्य आवश्यक रहेको डा. शर्माले उल्लेख गरे । सन्तुलित जीवनशैली र खानपान समस्या समाधानको उपयुक्त विकल्प भएको उनको भनाइ छ ।

यसैबीच, वीरेन्द्रनगर नगरपालिकाबाट विपन्न नागरिकलाई औषधि उपचारका लागि १८० जना सिफारिस गरिएको तथ्याङ्क छ । सरोकार भएकाहरूले बालबालिकामा नसर्ने रोगसम्बन्धी जनचेतना गाउँगाउँसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा युनिसेफ र सोसेक नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको सह–सिर्जना कार्यशालामा सहभागीहरूले नसर्ने रोगसम्बन्धी जनचेतना जगाउन सरोकार भएका निकायले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

युनिसेफकी दिपीका श्रेष्ठले बालबालिकाको स्वास्थ्यजस्तो संवेदनशील विषयमा विभिन्न सरोकार भएकालाई एकैठाउँमा ल्याई सह–सृजना प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेकामा वीरेन्द्रनगर नगरपालिकालाई धन्यवाद दिइन् ।

उनले बालबालिकामा देखिँदै गएको नसर्ने रोग स्वास्थ्यसँग मात्र होइन, शिक्षा, पोषण, मानसिक स्वास्थ्य र जीवनशैलीसँग गहिरो रूपमा जोडिएका विषय भएको बताइन् । उनले गाउँगाउँसम्म सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

वीरेन्द्रनगर नगरपालिका उपप्रमुख नीलकण्ठ खनालले नसर्ने रोगसम्बन्धीको सचेतना आवश्यक रहेको भन्दै नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बालबालिकामा नसर्ने रोगका विषयमा सचेत बनाउनेगरी काम गर्नुपर्ने बताए । उनले आगामी वर्षदेखि यससम्बन्धी नीतिगत व्यवस्था गरी प्रदेशभर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ८ : ०८ बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी