राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने « Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।

नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएपछि स्थगित भएको राष्ट्रियसभा बैठक माघ ४ गते सुरु भएको थियो ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ८ : ५९ बजे

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि रामहरि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक

काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणमा पुगेकी छन्

रसुवा भन्सार : ६ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा– रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक

निर्वाचनको तयारीको विषयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन तयारीको विषयमा पत्रकार सम्मेलन गर्दैछ

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर