सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता « Khabarhub

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि बेपत्ता छन् ।

आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर खोलाको भुमरीमा परेका भिमाद नगरपालिका–५ आँमडाँडा तुतुवा निवासी ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घटनाको जानकारी पाएलगत्तै आइतबार नै स्थानीय बासिन्दा र प्रहरीले खोजी सुरु गरेको थियो ।

इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले घटनास्थल र आसपासका क्षेत्रमा खोजी जारी राखे फेला पार्न नसकिएको उनको भनाइ छ ।

‘सप्लाङ्गी खोलामा जाल हान्ने क्रममा अचानक सन्तुलन गुमाएर दहको भुमरीमा परेर बेपत्ता भएका जानकारी पाएका छौँ,’ प्रनाउ विकले भने, ‘पोखराबाट आएको सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छौँ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ११ : ५० बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको