डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु « Khabarhub

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ ।

‘डेभिल्स खाऊँ,मुम्बई जाऊँ’ नामक यस अभियानमार्फत क्रिकेट प्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने अवसर प्रदान गरिएको छ ।

यस अभियानअन्तर्गत, एक विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ मा नेपाल र वेस्ट इन्डिजबीचको खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भ्रमण जित्नेछन् । यस अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ । 

सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेजलाई फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्नेछ र तीन जना साथीहरूलाई ट्याग गर्नुपर्नेछ। पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ ।

पुरस्कार प्याकेजमा मुम्बई आवत–जावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीन तारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर, तथा स्टेडियम आउजाउको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ ।

अभियानबारे टिप्पणी गर्दै एसियन थाई फुडका निर्देशक आशिष जाजुले भने, ‘टी–२० विश्वकपका लागि नेपालको छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण हो । 

‘डेभिल्स खाऊँ,मुम्बई जाऊँ’मार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्थ्यौँ । क्रिकेटले लाखौँ मानिसलाई जोड्छ, र यो अभियान विश्व मञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो ।’
 

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १ : १४ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा