मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान « Khabarhub

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर १ का उम्मेदवार बनेका यज्ञमणि न्यौपानेले घरदैलो कार्यक्रम औपचारिक रूपमा सुरु गरेका छन् । पार्टी कार्यकर्ता र समर्थकहरूको सहभागितामा न्यौपानेले केराबारी गाउँपालिका–९ बाट घरदैलो अभियान सुरु गरेका हुन् ।

न्यौपाने पेशाले अधिवक्ता हुन् । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् ।

अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका न्यौपानेले कानुनी क्षेत्रमा मात्रै होइन, सामाजिक र नागरिक अभियानहरूमा पनि निरन्तर सक्रियता जनाउँदै आएका छन् । रास्वपाबाट उम्मेदवार बनेपछि उनले “राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक केन्द्रित शासन प्रणाली” आफ्नो प्रमुख एजेन्डा भएको बताउँदै आएका छन् ।

घरदैलो अभियानमार्फत न्यौपानेले मतदातासँग प्रत्यक्ष भेटघाट, राय–सल्लाह, सुझाव र गुनासो सुन्ने उद्देश्य लिएको जानकारी दिए । रास्वपाले मोरङ–१ मा घरदैलो अभियानलाई चुनावी प्रचारभन्दा बढी जनसम्पर्क अभियानका रूपमा अघि बढाउने रणनीति लिएको उम्मेदवारको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  २ : २५ बजे

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- राजनीतिक दललाई दोषि देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय