काठमाडौं- जेन–जी आन्दोलनकी अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् जेन–जी आन्दोलनका क्रममा संघीय संसद् भवन परिसरमा आगजनी र तोडफोडमा संलग्न देखिएका व्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको भन्दै कडा आलोचना गरेकी छन् ।
पाण्डेले मोरङ क्षेत्र नम्बर २ बाट रास्वपाको टिकट पाएका कृष्णकुमार कार्कीबारे गम्भीर प्रश्न उठाउँदै ‘देश जलाउने विध्वंसकारीलाई परिवर्तनकारी बनाइँदै छ’ भन्ने टिप्पणी गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘मेरो पुस्ता सडकमा गयो, करको हिसाब माग्यो, परिवर्तनका लागि गोली खायो र मारियो। तर आज सबै विध्वंशको जिम्मा जेन–जीको काँधमा थुपारियो।’
जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा भएको तोडफोड र आगजनीमा कार्की संलग्न रहेको आरोप छ ।
उनी संसद् भवनभित्र प्रवेश गरी कुर्सी जलाउने र तोडफोड गर्ने व्यक्तिहरूमध्ये एक भएको खुलेको छ । त्यही दिनका तोडफोड र आगजनीका दृश्यहरू कार्कीले आफैँ सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए, ती दृश्यहरू अहिले पनि फेसबुक र टिकटकमा भाइरल भइरहेका छन् ।
यस्ता घटनामा संलग्न देखिएका व्यक्तिलाई रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको विषयलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । ‘संसद् भवन जलाउने र राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याउने व्यक्ति कसरी उम्मेदवार बन्न योग्य ठहरिए’ भन्ने प्रश्न उठाइएको छ ।

मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की जापानमा बस्दै गर्दा रास्वपा सभापति रवि लामिछानेलाई ‘सहकारी ठग’ भन्दै सार्वजनिक रूपमा कडा आलोचना गर्दै आएका थिए ।
संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि उनले लामिछानेलाई दोषी ठहर गर्दै टिप्पणी गरेका थिए । तर अहिले उनै लामिछाने नेतृत्वको पार्टीबाट उम्मेदवार बनेपछि पार्टीभित्र असन्तुष्टि बढेको बताइएको छ ।
कार्की बालेन टिमबाट उम्मेदवार बनेको बुझिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी दिइएको यो टिकटले रास्वपाको उम्मेदवार छनोट प्रक्रिया र राजनीतिक नैतिकतामाथि थप बहस चर्किएको छ ।
मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की जापानमा बस्दा रास्वपा सभापति रवि लामिछानेलाई ‘सहकारी ठग’ भन्दै सार्वजनिक रूपमा कडा आलोचना गर्दै आएका व्यक्ति हुन् ।
यसका साथै संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि कार्कीले लामिछानेलाई जनावरबाहेक सबैले थाहा पाउने गरी दोषी भएको बताएका थिए ।
तर अहिले उनै लामिछानेको रास्वपाबाट कार्की उम्मेदवार बनेपछि पार्टीभित्र असन्तुष्टि बढेको बताइएको छ । कार्की बालेन टिमबाट उम्मेदवार बनेका हुन् ।













प्रतिक्रिया