अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ « Khabarhub

अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय र महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले १० वर्ष मुनिका  ९० प्रतिशत भन्दा बढी बालबालिकाहरूले साधारण लेख पढ गर्न नपाएको जनाएको छ ।  

युनिसेफद्वारा जारी प्रतिवेदनले अफगानिस्तानको  परिस्थितिलाई ‘सिकाइबिनाको विद्यालय शिक्षा’ को संकटको  रुपमा उजागर गरेको छ । 

यसै गरी प्रारम्भिक बाल्यकाल शिक्षामा निरन्तर लगानी, साथै आधारभूत साक्षरता र संख्यात्मकता, प्रत्येक बालबालिकाका लागि सिकाइ परिणामहरू सुरक्षित गर्न आवश्यक छ भन्ने कुरामा जोड दिएको छ । 

सिकाइमा चिन्ताजनक अन्तर भए तापनि लाखौँ विद्यार्थीहरू औपचारिक रूपमा देशको शिक्षा प्रणालीमा भर्ना भएको  जनाइएको छ । राष्ट्रिय विद्यालय प्रणालीमा कुल  एक करोड २० लाख भर्ना भएका मा उनीहरूले आधुनिक विज्ञान सम्बन्धी विषयहरू अध्ययन गर्ने जनाइएको छ । यसैबीच, २८ लाख भन्दा बढी विद्यार्थीहरूले धार्मिक शिक्षा लिइरहेको सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन्। 

यसैबीच, लाखौं अफगान बालबालिका गरिबी, आन्तरिक विस्थापन, र द्वन्द्व प्रभावित क्षेत्रहरूमा शैक्षिक सुविधाहरूमा सीमित पहुँचका कारण विद्यालय शिक्षाबाट बाहिर छन्, जसले देशको मानव पूँजीमा दीर्घकालीन प्रभावको बारेमा चिन्ता बढाएको छ ।
 

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ५ : १९ बजे

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार