विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ « Khabarhub

विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ का २२ वर्षीय अनिलकुमार साह तथा ललितपुर महानगरपालिका–१६ का ३० वर्षीय विवेक भुजेल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

पक्राउ परेकामध्ये थापाले युएइ पटाउने भन्दै रु छ लाख ३० हजार, साहले क्यानडा पठाउने भन्दै रु १८ लाख तथा भुजेलले युएई पठाउने भन्दै रु तीन लाख ५० हजार लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको उनले बताए।

पक्राउ परेकाहरूलाई आजै आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ८ : ५८ बजे

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौं– रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

कांग्रेसबाट १५ महिला र ५ पुरुष समानुपातिक सांसद बन्दै, आयोगमा पठाइयो नाम

काठमाडौं– नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं– देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन्

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि