विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ « Khabarhub

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु. २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ का २२ वर्षीय अनिलकुमार साह तथा ललितपुर महानगरपालिका–१६ का ३० वर्षीय विवेक भुजेल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। पक्राउ परेकामध्ये थापाले युएई पठाउने भन्दै रु. ६ लाख ३० हजार, साहले क्यानडा पठाउने भन्दै रु. १८ लाख तथा भुजेलले युएई पठाउने भन्दै रु. तीन लाख ५० हजार लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको उनले बताए।

पक्राउ परेकाहरूलाई आजै आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।

जमलमा दुर्घटना हुँदा चार घाइते काठमाडौँ महानगरपालिका–२७ जमलमा आज भएको सवारी दुर्घटनामा परी चारजना घाइते भएका छन्। उक्त दुर्घटनामा परी बा प्र ०२–०५६ प ३९६७ इभी स्कुटर चालक काठमाडौँ सरस्वतीनगर बस्ने ४० वर्षीय विजय श्रेष्ठ, बा प्र ०२–०३१ प ३०७९ मोटरसाइकल चालक काठमाडौँ बस्ने २६ वर्षीय विनोद प्रधान, पछाडि सवारयात्री रुकुम मुसिकोट घर भई हाल भक्तपुर ठिमी बस्ने ३६ वर्षीया सुनिता वली, बा३५प ९१४४ मोटरसाइकल चालक काठमाडौँ बूढानीलकण्ठ बस्ने २८ वर्षीय ललितजङ्ग सञ्जेल, पछाडि सवार सिन्धुली मरिङ गाउँपालिका–७ की ३१ वर्षीया इशु तामाङ घाइते भएका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घाइतेमध्ये एकजनाको ट्रमा सेन्टर र बाँकी तीनजनालाई ग्राण्डी सिटी अस्पतालमा उपचारका लागि पठाइएको थियो।

आज जमलको येलो प्यागोडास्थित सडकखण्डमा केशरमहलदेखि जमलतर्फ जाँदै गरेका बा प्र ०१–०२८ च ४५१२ नम्बरको कुरियर डेलिभरी भ्यान, बा प्र ०२–०५६ प ३९६७ नम्बरको इभी स्कुटर र सोही विपरीत दिशातर्फ जाँदै गरेका बा३५प ९१४४ मोटरसाइकिल, बा प्र ०२–०३१ प ३०७९ नम्बरको मोटरसाइकिल र बा.प्र.०१–००४ क ५३८१ नम्बरको निजि इभी हाइस आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ९ : २१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी