विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै « Khabarhub

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का इंग्ल्यान्ड र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ।

सुपर–८ अन्तर्गत समूह ‘दुई’बाट एक खेल अगाडि नै इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेको छ । आजको खेलमा न्युजिल्यान्ड विजयी भए शीर्ष स्थानमा रहँदै यी दुई टिम यो समूहबाट सेमिफाइनल प्रवेश गर्नेछन् । आजको खेलमा न्युजिल्यान्ड पराजित भए अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

सेमिफाइनल प्रवेशका लागि आजको खेल न्युजिल्यान्डका लागि महत्त्वपूर्ण छ । यो समूहमा इंग्ल्यान्डले दुई खेलमा निरन्तर जित निकाल्दै चार अंक जोड्दा न्युजिल्यान्डले भने एक खेलमा अंक बाँडेर अर्को जित निकाल्दै तीन अंक बनाएको छ । अंक तालिकामा इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने न्युजिल्यान्ड दोस्रो स्थानमा छ ।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका हुन्।

सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।

कस्तो बन्दैछ समिकरण ?

सुपर–८ को समूह ‘दुई’बाट इंग्ल्यान्ड एक खेल अगाडि नै सेमिफाइनल पुगिसकेको छ। सेमिफाइनल पुग्ने समूह ‘दुई’को अर्को टिमको भने टुंगो लाग्न बाँकी छ। यो समूहबाट श्रीलंका बाहिरिसकेको छ। श्रीलंकाले सुपर आठका दुई खेल गुमाएपछि सेमिफाइनल यात्रा अन्त्य भएको हो।

सुपर आठको तालिका अनुसार समूह ‘दुई’मा दुई खेल खेल्दा इंग्ल्यान्ड चार अंकसहित शीर्ष स्थानमा छ भने न्युजिल्यान्डले तीन अंक बनाउँदा पाकिस्तानको एक अंक छ। दुवै खेल गुमाएको श्रीलंका अंकबिहीन छ।

सुपर आठको समूह ‘एक’मा दक्षिण अफ्रिकाले चार अंक जोड्दा वेस्ट इन्डिज र भारतले दुईदुई अंक बनाएका छन्। यो समूहबाट दुई खेलमा पराजित हुँदै जिम्बावे भने एक खेल अगाडि नै सेमिफाइनल दौडबाट बाहिरिएको छ ।

यो समूहबाट सेमिफाइनल पुग्न अब भारत र वेस्ट इन्डिजले अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ । भारत र वेस्ट इन्डिजको खेल आइतबार भारतको इडेन गार्डेनमा हुँदैछ। यो खेलमा पराजित टिम सेमिफाइनल दौडबाट बाहिरिँदा विजयी टिम सेमिफाइनल प्रवेश गर्नेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : २५ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी