गाईभैँसीमा थुनेलो रोग « Khabarhub

गाईभैँसीमा थुनेलो रोग


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्वत– भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ । 

व्यावसायिक प्रयोजनका लागि गाईभैँसीपालन गरेका कृषकलाई थुनेलो रोगको सङ्क्रमणबाट उत्पादनमा ह्रास आउन नदिनका लागि कार्यालयले जिल्लाका सातवटै पालिकामा पुगेर थुनेलो परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको हो । 

स्थानीय तहको सहकार्यमा व्यावसायिक रुपमा गाईभैँसीपालन गरिरहेका किसानको गोठमा पुगेर गाईभैँसीमा लाग्ने थुनेलो परीक्षण गरी आवश्यक औषधि उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए। 

कार्यालयले  जिल्लाको विहादी, पैँयू, मोदी, जलजला गाउँपालिकाका विभिन्न वडामा पुगेर गाईबस्तुको स्वास्थ्य परीक्षण गरेको छ । जिल्लाका  चार  स्थानीय तहमा ५०० गाईभैँसीको थुनेलो परीक्षण  गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । 

कार्यलयका अनुसार ५०० गाईभैँसीमा गरिएको थुनेलो परीक्षणमा १५० गाई भैँसीमा थुनोलो रोगको सङ्क्रमण भेटिएको छ । थुनेलो परीक्षणसँगै गाईबस्तुको गर्भ परीक्षण, कृत्रिम गर्भाधानमा देखिएका समस्या समाधानलगायका बारेमा  गोठमै पुगेर प्राविधिकले उपचार गरेका हुन् । 

रोग लागेका पशु चौपायाको लागि आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको छ । स्थलगत रुपमा गोठमै पुगेर प्राविधिक सेवा पाउँदा किसानहरुले आफूहरुलाई धेरै राहत पुगेको बताएका छन् ।

पहिले पहिले यस्ता खालका रोग लाग्दा उपचार नपाएर भैँसी मासुका लागि बिक्री गर्ने गरेको र गाई छाडा छाड्नुपर्ने अवस्थ भएकोमा अहिले उपचारसेवा पाएपछि फाइदा पुगेको जलजला–८ फर्सेका भक्तबहादुर केसीले बताए। कार्यालयले दोस्रो चरणको अभियानअन्तर्गत फलेवास नगरपालिका र कुश्मा नगरपालिकाका व्यावसायिक किसान तथा फार्ममा पुगेर गाईबस्तुको उपचार गर्ने योजना रहेको जनाएको  छ ।

कृषकको सहजताका लागि हरेक वर्ष दुई चरणमा गाईभैँसी, बाख्राको स्वास्थ्य परीक्षण गरेको छ । पर्वतमा यसअघि सबै पशुलाई पूर्ण खोपसमेत लगाइसकिएको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ९ : ३१ बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज