काठमाडौंमा होली कन्सर्ट गर्न प्रतिबन्ध, अरु के के गर्न पाइँदैन ? « Khabarhub

काठमाडौंमा होली कन्सर्ट गर्न प्रतिबन्ध, अरु के के गर्न पाइँदैन ?


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षा देखाउँदै फागु पूर्णिमा (होली)मा कन्सर्टलगायत भीड जम्मा हुने गरी कार्यक्रम गर्न रोक लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल बिहीबार विज्ञप्ति जारी गरी ‘भीड जम्मा गर्ने, मेला महोत्सव गर्ने र मञ्च बनाइ सांगीतिक कार्यक्रमहरू गर्ने’ रोक लगाइएको जानकारी दिएका छन् ।

निर्वाचन सुरक्षालाई मध्यनजर गरी यी कार्यक्रम गर्न रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

घरमा कसैलाई अवरोध नपर्ने गरी आफन्त, परिवारजन र साथीहरू होली मनाउन प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै, होलीका नाममा होहल्ला, झैझगडा, शान्ति सुरक्षा खलल, इच्छा विपरीत रंग दल्ने–लोला हान्ने, मादक पदार्थ सेवन गरी सामाजिक जनजीवन र सार्वजनिक मया विपरीत कार्य नगर्न जस्त क्रियाकलाप नगर्न प्रशासनले अनुरोध गरेको छ ।

साथै, प्रशासनले ‘निर्वाचन आचारसंहितालाई आधार मानेर होलीमा निर्वाचन प्रचारलाई सहयोग पुग्ने कार्य गर्न पनि प्रतिबन्ध लगाएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘होली पर्वलाई लक्षित गरी निर्वाचन चिह्न र उम्मेद्वारका तस्बिर अंकित भेस्ट, टी–सर्ट, कमिज गम्छालगातका कपडाहरु प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १२ : ३६ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार