कोशी प्रदेशमा निर्वाचन सुरक्षाको तयारी पूरा « Khabarhub

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको तयारी पूरा


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको सबै तयारी पूरा भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख विनोद घिमिरेले निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा समितिले सम्पूर्ण तयारी गरेको बताए ।

उनले सुरक्षा रणनीतिअनुसार संवेदनशील, अति संवेदनशील स्थान र सुरक्षा चुनौतीको आकलन गरी विशेष निगरानी तथा प्रहरी परिचालन गरिने जानकारी दिए ।

कार्यालय प्रमुख घिमिरेका अनुसार निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन कोशी प्रदेशमा १२ हजार नेपाल प्रहरी, २३ हजार निर्वाचन प्रहरीलगायत जनशक्ति परिचालन हुनेछन् ।

निर्वाचनमा दुई हजार ५६१ सशस्त्र प्रहरी र सशस्त्रका तर्फबाट पाँच हजार ६४९ निर्वाचन प्रहरी परिचालन भइसकेका सशस्त्र प्रहरी बल कोशी प्रदेश कार्यालय सुनसरीले जनाएको छ ।

प्रदेशमा २८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । यहाँ ३५ लाख ७४ हजार २८६ मतदाता रहेका छन्, जसमा १७ लाख ४९ हजार ७३ महिला, १८ लाख २८ हजार २१३ पुरुष र अन्य २४ जना मतदाता रहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार कोशीमा चार हजार २७० मतदान केन्द्र र एक हजार ९०७ मतदान स्थल छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १ : ५२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार