चौथो विराट म्युजिक एण्ड फिल्म अवार्डमा श्रेष्ठलाई सम्मान « Khabarhub

चौथो विराट म्युजिक एण्ड फिल्म अवार्डमा श्रेष्ठलाई सम्मान


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौथो विराट म्युजिक एण्ड फिल्म अवार्डमा नेपाल चेम्बर अफ कमर्स अन्तर्गत आईटी तथा सफ्टवेयर निर्यात समितिका अध्यक्ष विज्ञान श्रेष्ठलाई विशिष्ट वाणिज्य सम्मान प्रदान गरिएको छ ।

उक्त सम्मान माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाबाट प्रदान गरिएको हो । सूचना प्रविधि, सफ्टवेयर निर्यात तथा व्यावसायिक नेतृत्वमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको कदरस्वरूप श्रेष्ठलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्सको आईटी तथा सफ्टवेयर निर्यात समितिको अध्यक्षका रूपमा सक्रिय छन् । 

उनले डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र निर्यात प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै निर्णायक समितिले विशिष्ट वाणिज्य सम्मानका लागि छनोट गरेको जनाइएको छ ।

चौथो संस्करणको विराट म्युजिक एण्ड फिल्म अवार्डको आयोजना सेलिब्रेटी नेपाल प्रतिष्ठानले गरेको हो भने कार्यक्रम व्यवस्थापन चोया डिजिटल सोलुसन प्रालिले गरेको थियो ।

संगीत, फिल्म र सृजनात्मक क्षेत्रसँगै व्यवसाय र प्रविधिमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पनि सम्मान गर्दै आएको विराट म्युजिक एण्ड फिल्म अवार्डले यसवर्ष पनि विविध विधामा योगदानको कदर गरेको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  २ : ०९ बजे

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा