कुनै हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न हुँदैन : प्रचण्ड « Khabarhub

कुनै हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न हुँदैन : प्रचण्ड


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्  ।  

नेकपा नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले अहिले विषम परिस्थितिमा निर्वाचन हुन लागेको भन्दै सुरक्षा निकाय, निर्वाचन आयोग लगायत सबैले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताएका हुन् ।

नेपालका सेना, प्रहरी लगायत सवैमाथि भरोसा भए पनि सबै जिम्मेवार हुन नसके भाद्र २४ को जस्तै घटना दोहरिन सक्ने उनले बताए ।

प्रचण्डले कुनैपनि हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न नहुने धारणा राखे । 

नेकपाले अहिले कसैसँग कुनै तालमेल नगर्ने र जनतामा भरमा अग्नि परीक्षा पार गर्ने उल्लेख गर्दै प्रचण्डले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउन सके एक नम्बर पार्टी बनाउन कसैले रोक्न नसक्ने दाबी गरे । 

भाद्र २३ गते युवाहरूमाथि दमन गर्ने अतिवादी अहङ्कारी प्रवृत्ति र भाद्र २४ गते विध्वंस मच्चाउने देशी विदेशी प्रतिक्रियावादीहरूका विरुद्ध नेकपा खडा भएको उनले बताए ।

प्रचण्डले देशैभरको अवस्था हेर्दा नेकपाको पक्षमा उभारको स्थिति देखा परेको र पुराना भनिएका अन्य पार्टीहरू निकै असहज र अप्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गरे । 

उनले निर्वाचनका क्रममा धाँधली हुन नदिन सबै बुथ र वडामा आवश्यक तयारी गर्न सर्कुलर समेत जारी गरिएको जानकारी दिए ।  

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : ४१ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,