ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह « Khabarhub

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन्  ।

आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ्गा पुगेका उनले त्यहाँका जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृतलगायत सरोकार भएकाहरूलाई शान्तिसुरक्षाको व्यवस्था सुदृढ बनाइएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । 

कानुन विपरीतका गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री अर्यालले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिए । समाजका सबै वर्गले धार्मिक एवं सामाजिक सद्भाव कायम गर्न आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उनले बताए। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रान्तिले जिल्लाको समग्र शान्ति सुरक्षाको स्थितिबारे जानकारी गराएका थिए ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले राजनीतिक दलका नेताहरूसँग समन्वयका साथ जिल्ला निर्वाचन कार्यालयले काम गरिरहेको बताए ।
 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : ४९ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार