शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक « Khabarhub

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ ।

बिहीबार सम्पन्न बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी निकासी, लागूऔषध ओसारपसार नियन्त्रणसम्बन्धी छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

निर्वाचनका समयमा हुनसक्ने निर्वाचनविरोधी क्रियाकलाप, अवैध घुसपैठ रोक्न तथा मौन अवधिभर हुने सीमानाका बन्दको प्रभावकारिता, सम्भावित अवैध तथा गैरकानुनी गतिविधिको सुक्ष्म निगरानी गरी सूचना आदानप्रदान एवं त्यस्ता गतिविधि नियन्त्रण गर्न दुवै पक्ष सहमत भएका छन् । 

बैठकमा निर्वाचनका समयमा हुने सम्भावित सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सयुक्त र समानान्तर सीमा गस्तीलाई सशक्त बनाउनुका साथै सुरक्षा व्यवस्थालाई चुस्त एवं दुरुस्त पार्ने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ । 

सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तेस्रो देशका नागरिकको अनाधिकृत प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगदको तस्करी नियन्त्रणका लागि निरन्तर एवं घनिष्ठ सहकार्य गर्नका लागि आ–आफ्ना मातहतका युनिटलाई निर्देशन दिने सहमति भएको थियो । 

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो । 

भारतीय सीमा सुरक्षा बलका तर्फबाट सेक्टर हेडक्वाटर अल्मोरा र पिलिभितका डिआईजद्वय सुधान्सु नौटियाल र अनिलकुमार शर्मालगायत सुदूरपश्चिम प्रदेशसँग सीमा क्षेत्रमा कार्यरत रहेका भारतीय समकक्षी सशस्त्र सीमा बलका सबै रेजिमेन्ट प्रमुखको उपस्थिति रहेको थियो । 

सशस्त्र सीमा बल, भारत र सशस्त्र प्रहरी बल, नेपालबीच केन्द्रीय, प्रदेश र जिल्लास्तरमा विभिन्न समन्वयात्मक बैठकहरू हुँदै आएका छन् ।
 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : ५७ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना