तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो « Khabarhub

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेकामा माघ मसान्तसम्ममा एक खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । 

जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

हालसम्म तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब ४९ अर्ब १३ करोड रुपैयाँ र बाह्य ऋण दायित्व १५ खर्ब नौ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । 

कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७ दशमलव १९ प्रतिशत रहेको छ ।  

चालु आर्थिक वर्षमा सरकारले पाँच खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा माघ मसान्तसम्ममा दुई खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ प्राप्ति भएको छ । 

वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ४२ दशमलव ८९ प्रतिशत हो ।

यस वर्ष आन्तरिकतर्फ तीन खर्ब ६२ अर्ब रुपैयाँ ऋण उठाउने सरकारी लक्ष्य रहेकामा ६० दशमलव १३ प्रतिशत अर्थात् दुई खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ उठिसकेको छ भने एक खर्ब ४४ अर्ब ३३ करोड रुपैयाँ प्राप्ति हुन बाँकी छ । 

त्यस्तै, बाह्य ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत अर्थात् ३७ अर्ब ८१ करोड रुपैयाँ प्राप्त भइसकेको छ भने रु एक खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ प्राप्त हुन बाँकी रहेको छ ।

त्यस्तै, सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले यस वर्ष रु चार खर्ब ११ अर्ब एक करोड विनियोजन गरेकामा माघ मसान्तसम्ममा दुई खर्ब तीन अर्ब ६५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । 

यो वार्षिक बजेट विनियोजनको आधारमा ४९ दशमलव ५५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्ममा कुल ऋण सेवा खर्च तीन दशमलव ३३ प्रतिशत रहेको छ ।
 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ५ : ०८ बजे

गगनको ‘कोर क्षेत्र’ मा सचिनको घरदैलो (तस्बिरहरू)

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका

रविले सर्लाही टेकेपछि उत्साहित अमरेश सिंह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सर्लाही क्षेत्र

‘संवैधानिक प्रक्रियालाई सही ठाउँमा ल्याउन आगामी निर्वाचन महत्त्वपूर्ण’

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेलले लिगबाट बाहिर रहेको संवैधानिक

स्वास्थ्य सेवा दिवस : उपलब्धिबीच दिगो र समान सेवामा अझै चुनौती

काठमाडौं- आज २९ औं स्वास्थ्य सेवा दिवस दक्ष जनशक्ति, दिगो