गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना « Khabarhub

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहमाथि एकसाथ निशाना साँधेका छन् ।

पोखरामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने यी तीनैजनाले अहिले पनि अतिवादलाई मलजल गरिरहेको आरोप लगाएका छन् ।

उनले फागुन २१ को निर्वाचनमा जाँदै गर्दा भदौ २३ मा भएको निहत्था युवाको हत्या र भदौ २४ मा गरिएको सिंहदरबारको आगजनी भुल्न नसकिने बतएका छन् ।

‘यो निर्वाचन हुँदै गर्दा दर्जनौँ निहत्था युवाहरूको हत्या भएको नभुलौँ । यो निर्वाचनको परिणामले दुई खालका अतिवादलाई पक्षपोषण गर्न सक्छ’, उनले भने, ‘एउटा अतिवादले भदौ २३ गतेलाई षड्यतन्त्र भन्छ, युवाहरूको आन्दोलन र आक्रोश देख्दैन । अर्को अतिवादलले मौका पर्दा सिंहदबार जलाउँछ र जेलबाट पनि भाग्छ।’

उनले पोखराबाट यसो भनेर एकसाथ तीन नेतालाई निशाना साँधे । ओलीले भदौ २३ को जेन-जी आन्दोलनलाई अझै घुसपैठ र आतंकवादको संज्ञा दिने गरेका छन्।

उता काठमाडौंका पूर्वमेयर बालेन्द्र साहले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतसहितमा आगजनी गर्दा दमकल नपठाएको आरोप लाग्ने गरेको छ। उता रवि भने भदौ २४ गते नख्खु कारागारमा हुलहुज्जत गरेर भागेका थिए । उनी जेलबाट निस्किएपछि देशभरबाट १५ हजारभन्दा धेरै कैदी फरार भए । रवि निस्केपछि भागेका अन्य कैदीमध्ये १० जना विभिन्न घटनामा त्यही दिन मारिए ।

थापाले पाँच वर्षको यो समय देशलाई सम्हाल्नुपर्ने बताएका छन् । ‘अब देशले कुनै खालको द्वन्द्व थेग्न सक्दैन । कोही म गाडीमा बसेपछि यो गाडी आफैं गन्तव्यमा पुग्छ भन्दैछन् । कोही गाडी आफैं उड्छ पौडिन्छ भनिरहेका छन्’, उनले भने, ‘गाडी तीव्र गतिमा चलाउने हो तर सम्हाल्दै लैजाने हो । अर्को गाडीसँग जुध्न नदिई मानिसलाई पनि जोगाउँदै अघि बढ्ने हो।’

थापाले आफूहरू सरकारमा गएपछि एउटा शक्तिशाली आयोग गठन गरेर भ्रष्टाचार छानबिन गर्ने वचन दिए । ‘हाम्रो सरकारले सबैभन्दा पहिले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन मन्त्री गगन थापाको सम्पत्तिको छानबिन गर्छ । कांग्रेसको सरकारले हरेक काण्डको छानबिन गरेर फेरि अर्को काण्ड दोहोरिन दिँदैन’, उनले भने, ‘तर कसैलाई चाबुक चलाएर, कसैलाई झुन्ड्याएर, कसैलाई ठोकेर होइन।’

उनले पोखरामा यति ठूलो विमानस्थल बनेर पनि गण्डकी क्षेत्रमा पर्यटक आउन नसकेका बताए । ‘हामीले सात वर्षसम्म अध्ययन गरेका छौँ, विश्वासका साथ हामी परिणाम दिन्छौँ । यो पाँच वर्ष अर्को प्रयोग नगरौँ, अब देशले थेग्न सक्दैन’, उनले भने, ‘हामीले ०६४ मा पनि नयाँलाई हेर्‍यौँ, तर देशले दु:ख पाइरह्यो ।
यो पाँच वर्ष कांग्रेसले एउटा गल्ती गर्दैन, एक पैसो तलमाथि गर्दैन ।’

थापाले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा भिडेर मात्रै नबस्न निर्देशन दिए । ‘तपाईंहरूले सामाजिक सञ्जालमा भिडेर मात्रै हुँदैन, गाउँ जानुपर्छ। सामाजिक सञ्जाल घृणा फैल्याउने र तुच्छ बोल्नेहरूको पक्षमा हुन्छ’, उनले भने, ‘मैले प्रधानन्त्री बन्ने अवस्था आए एमाले, माओवादी र रास्वपा पनि चाहिन्छ । त्यसैले कसैलाई गाली नगरी हामी मत माग्न जाऊँ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ५ : २८ बजे

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

महेन्द्रनगर– नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

रास्वपामा गएको केही दिनमै एमालेमा फर्किए बामदेव गुरुङ

दाङ- घोराही उपमहानगरपालिका वडा नम्बर ४ का बामदेव गुरुङ नेकपा

निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक गर्नेगरि तयारी गरेका छौँ : आयोग

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मत परिणामको नजिता छिटो सार्वजनिक

गगनको ‘कोर क्षेत्र’ मा सचिनको घरदैलो (तस्बिरहरू)

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका