गगनको ‘कोर क्षेत्र’ मा सचिनको घरदैलो (तस्बिरहरू) « Khabarhub

गगनको ‘कोर क्षेत्र’ मा सचिनको घरदैलो (तस्बिरहरू)


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका युवा उम्मेदवार सचिन तिमल्सेना यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । 

२०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट निर्वाचित भएका नेपाली काँग्रेस सभापति गगन थापा सर्लाही–४ तर्फ गएपछि कांग्रेसले यसपटक तिमल्सेनालाई उम्मेदवार बनाएको हो।

आफूलाई पार्टीको युवा पुस्ताको प्रतिनिधि भन्दै तिमल्सेनाले मतदातासँग भेटघाट र भोट माग्ने अभियानलाई तीव्र बनाएका छन् । 

आज उनले काठमाडौं–४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका–९ मा घरदैलो गरेका थिए।काठमाडौं–४ मा २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा ७६ हजार १४१ मतदाता रहेका छन् भने ३३ मतदानस्थल र ८८ मतदान केन्द्र तोकिएका छन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ६ : ४८ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष