च्याम्पियन्स लिग ड्र : म्यानचेस्टर सिटी–रियल मड्रिड आमनेसामने, चेल्सी र पीएसजी भिड्ने « Khabarhub

च्याम्पियन्स लिग ड्र : म्यानचेस्टर सिटी–रियल मड्रिड आमनेसामने, चेल्सी र पीएसजी भिड्ने


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२५–२६ सिजनको युईएफ च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को ड्र शुक्रबार सार्वजनिक भएको छ। यसपटक अन्तिम १६ मै निकै प्रतिस्पर्धात्मक खेलहरू हुने भएका छन्।

सार्वजनिक ड्रअनुसार इङ्लिस क्बल आर्सनलले जर्मन क्लब बायर लेभरकुसेनसँग खेल्ने छ । उता अर्को इङ्लिस क्लब लिभरपुलले टर्किस महारथि गालातासर्यलाई प्रतिस्पर्धी पाएको छ।

इङ्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन उपाधि जित्ने सपना जोगाउन १५ पटकको विजेता रियल मड्रिडलाई पराजित गर्नुपर्नेछ।

यी दुई टोली पछिल्ला वर्षहरूमा लगातार आमनेसामने हुँदै आएका छन्। यस सिजनको लिग चरणमा पनि सिटीले सान्टियागो बेर्नाबेउमा २–१ को जित निकालेको थियो।

गत सिजनको उपाधि विजेता पेरिस सेन्ट जर्मेनसँग इङ्लिस क्लब चेल्सीको कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। न्यु क्यासल समर्थकहरू पुरानो सम्झना ताजा गर्दै स्पेनिस महारथि बार्सिलोनाविरुद्धको खेलका लागि तयार हुनुपर्ने भएको छ।

अर्को इङ्लिस क्लब टोटनह्याम हट्सपरले घरेलु लिगको कमजोर प्रदर्शन बिर्साउँदै स्पेनिस क्लब एट्लेलिटको मड्रिडसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। यस्तै, जर्मन महारथि बायर्न म्युनिखले इटालियन क्लब एटलान्टाविरुद्ध अन्तिम ८ का लागि भिड्नुपर्ने भएको छ ।

गत सिजनको उपविजेता इन्टर प्ले–अफ चरणमै नर्वेको बोडो ग्लिम्ट्सँग पराजित भएको थियो । नर्वेको क्लब च्याम्पियन्स लिग नकआउट चरणमा ऐतिहासिक जित दर्ता गरेको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : १२ बजे

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र