स्वाधीनताभन्दा ठूलो विकास होइन : हर्क साम्पाङ « Khabarhub

स्वाधीनताभन्दा ठूलो विकास होइन : हर्क साम्पाङ


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधीनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताएका छन् । आज धरानमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले देश निर्माणको आधार स्वाधीनता, श्रम र जनसहभागिता भएको उल्लेख गरे । 

यही २१ गते हुने निर्वाचनलाई सही नेतृत्व चयन गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै अध्यक्ष राईले गफभन्दा काम गर्ने उम्मेदवारलाई मत दिन अपिल गरे । 

‘निर्वाचन भनेको चुन्ने प्रक्रिया हो, त्यसैले जनताले सोचेर निर्णय गर्नुपर्ने समय आएको छ । अब सबै मिलेर देश बनाउनुपर्छ, बचाउनुपर्छ,’ उनले भने, ‘देशभर श्रम संस्कृतिको अभियान विस्तार गर्न आवश्यक छ ।’ 

विदेशमा श्रम बेच्न बाध्य नेपाली युवाको अवस्थालाई परिवर्तन गर्न स्वदेशमै श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । 

सामाजिक विभेद अन्त्य गर्दै सत्य र तथ्यमा आधारित राजनीति आवश्यक रहेको उनको भनाइ थियो । आगामी निर्वाचनपछि सक्षम र जिम्मेवार नेतृत्व चयन भए जनसहभागितामा आधारित विकास अभियानले गति लिने उनले विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ७ : ३० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार