निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन « Khabarhub

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कास्की जिल्लास्थित निर्वाचन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

कास्की जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, मुख्य निर्वाचन अधिकृत तथा प्रदेश सुरक्षा निकायका पदाधिकारीसँगको बैठकमा उहाँले निर्वाचनलाई निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउनका लागि आआफ्नो जिम्मेवारीअनुसारका कामलाई प्रभावकारी रूपमा सम्पादन गर्न आग्रह गरे ।

उक्त अवसर गृहसचिव श्रेष्ठलाई जिल्लाको समग्र सुरक्षा व्यवस्था सम्बन्धमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा निर्वाचनको तयारी सम्बन्धमा मुख्य निर्वाचन अधिकृत हिमलाल वेलवासेले जानकारी गराएका थिए ।

बैठकमा गृहसचिव श्रेष्ठसहित प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत सहभागी थिए ।

गृहसचिव श्रेष्ठसहितको टोली आजै स्याङ्जाको चापाकोट, बाग्लुङको ताराखोला हुँदै पोखरा आएर पोखरामा बैठक सम्पन्न गरी गोरखा जानुभएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ९ : ०२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,