बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म « Khabarhub

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्यधिक बहुमत ल्याएपछि सो पार्टीको वरिष्ठ नेता रहेका शाहलाई आज नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

२०४७ वैशाख १५ गते काठमाडौंमा जन्मिएका शाह मधेशी मूलका बुवा रामनारायण र आमा ध्रुवदेवी साहका छोरा हुन् । सविना काफ्लेसँग विवाह गरेका उनको एक छोरी छन् । 

शाह नेपालको इतिहासमा मधेशी मूलको तर्फबाट पहिलोपटक र संसदीय लोकतान्त्रिक व्यवस्थाअन्तर्गत सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्न पनि सफल भएका छन् ।

काठमाडौंमा नै बाल्यकाल बिताएका शाहले काठमाडौंस्थित एलायन्स एकेडेमी काठमाडौंबाट एसएलसी र भिएस निकेतनबाट उच्च माध्यमिक शिक्षा उत्तीर्ण गरेका थिए । 

साथै, उनले हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक तह पूरा गरेका थिए भने सन् २०१८ मा उनले भारतको कर्नाटक राज्यको बेङ्गलुरुस्थित निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ‘स्ट्रक्चरल इन्जिनियरिङ’मा स्नातकोत्तर (मास्टर्स) डिग्री हासिल गरेका थिए ।

अध्ययनकै क्रममा उनले आफूलाई आधुनिक र्याप गीत संगीतको यात्रामा पनि सफल रूपमा अघि बढाउँदै आएका थिए । जसले गर्दा राजनीतिमा प्रवेश गर्नुअघि शाह नेपालमा एक चर्चित र्यापरको रूपमा परिचित भइसकेका थिए । 

उनका गीतहरूले विशेषगरी भ्रष्टाचार, असमानता र सरकारी बेथितिजस्ता विषयहरू उठान गर्थे । उनको पहिलो गीत ‘सडक बालक’ सन् २०१२ मा रिलिज भएको थियो । सन् २०१३ मा युट्युबको र्याप–ब्याटल श्रृंखला ‘रअ बार्ज’ मा सहभागी भएपछि उनले अझ बढी ख्याति कमाएका थिए ।

२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा शाहले काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारको रूपमा लौरो चुनाव चिन्ह लिएर विजयी हासिल गरेका थिए ।

सो निर्वाचनमा उनले काठमाडौंको पहिचान तथा संस्कृति तथा पुरातात्त्विक क्षेत्रको संरक्षण गर्दै मौलिक विकासको अवधारणा अघि सारेर सो निर्वाचनमा उनी थप लोकप्रियताका साथ विजयी हुन पनि सफल भएका थिए ।

साथै, उनले आफ्नो चुनावी अभियानमा परम्परागत पार्टीहरूले अपनाउने भन्दा फरक सामाजिक सञ्जालको प्रयोग र पोडकास्ट अन्तर्वार्ताहरूमार्फत आफ्ना विचारहरू मतदातासमक्ष पुर्‍याउने तरिका अवलम्बन गरेका थिए । 

काठमाडौंको महानगरको नेतृत्व सम्हाल्ने क्रममा गोप्य र निश्चित सम्बन्ध कायम गर्दै शिक्षा, स्वास्थ्य, वातावरण तथा सरसफाइ र सुशासनको क्षेत्रमा तुलनात्मक रूपमा राम्रो काम देखाउँदै उनी थप स्थापित बन्न पुगेका थिए ।

फागुन २१ गते निर्वाचन पूर्व केही समयअघि मात्रै रास्वपासँग प्रधानमन्त्रीको सर्तमा साझेदारी गरेका शाहले पूर्वप्रधानमन्त्री केपी ओलीलाई झापा ५ बाट नै हराएर प्रधानमन्त्रीको यात्रा तय गरेका हुन् ।

काठमाडौं महानगरको प्रमुखमा रहँदा फरक र तत्कालीन केन्द्रीय सरकारसँग प्रतिपक्षको पहिचानसहित राष्ट्रिय राजनीतिमा आफूलाई स्थापित गरेका शाह गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा अझ शक्तिशाली बन्न पुगेका थिए ।

विशेषगरी सुधारवादी छवि र युवापुस्ता माझको लोकप्रियताका कारण नेपाली राजनीतिमा उकालो यात्रामा सफल हुँदै आएका उनले मुलुकमा सुशासनको स्थापना गर्दै समृद्धिको यात्रा तय गर्नेछन् भन्ने धेरैको अपेक्षा छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ११ : ३७ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।