काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ गृहमन्त्री बन्न लायक छन् भन्ने पोल सुरु गरेका छन् । पौडेलले फेसबुक म्यासेन्जर भित्र ‘डु यु थिंक सुधन गुरुङ इज डिजर्भिङ फर होम मिनिस्ट्रिी’ भन्ने पोल चलाएका हुन् ।
पोडेलले चलाएको पोलमा अधिकांशले लायक छैनन् भन्ने जवाफ दिएका छन् भने केहीले उसको पहिला काम हेर्नुपर्छ भनेका छन् भने केहीले मात्रै उनी गृहमन्त्रीको लागि लायक छन् भनेर आफ्नो मत दिएका छन् ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहका निकटका व्यक्ति मानिने पौडेलले किन यस्तो पोल सञ्चालन गरे भन्ने विषय भने उनले खुलाएका छैनन् ।













प्रतिक्रिया