खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु « Khabarhub

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मीत पोखरेलले मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने बताएका छन् । 

शुक्रबार शितल निवासमा शपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले जनताबाट प्राप्त मतप्रति आफूहरू अत्यन्त संवेदनशील रहेको भन्दै मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने बताएका हुन् । 

उनले काठमाडौं महानगरपालिकामा लागू गरिएका शिक्षा क्षेत्रका सफल कार्यक्रमलाई राष्ट्रियस्तरमा विस्तार गर्ने योजना रहेको सुनाए । त्यस्तै उनले विद्यालय पूर्वाधार सुधार, नतिजामुखी कार्यक्रम सञ्चालन तथा छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउने र शिक्षकको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्रभावकारी बनाइने धारणा राखे । 

मन्त्री पोखरेलले खेल क्षेत्रको दीर्घकालीन सुधारका लागि सानो उमेरदेखि नै खेलाडीलाई उचित प्रशिक्षण र पोषण उपलब्ध गराउने योजना अघि सार्ने बताए

त्यसैगरि उनले खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्ने उद्घोष गरे  । विज्ञ र अनुभवी व्यक्तिलाई खेल क्षेत्रको जिम्मेवारी दिइने उनको भनाइ छ । 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ४ : २९ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन