पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ « Khabarhub

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज पदबहाली गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री पौडेललाई मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा कर्मचारीहरूले स्वागत गरेका थिए  । 

पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मुलुक समृद्धिको खाका यहीँ मन्त्रालयबाट सुरु हुने बताए । उनले भने, ‘पर्यटन मन्त्रालय मेरो रुचिको तर चुनौतीपूर्ण मन्त्रालय हो । म आफैँ लेखक र पदयात्री (ट्रेकर) भएकाले यस क्षेत्रका समस्यासँग परिचित छु । अब हामीले जनहितलाई केन्द्रमा राखेर मुलुकको समृद्धिका क्षेत्रमा गति बढाउनुपर्छ ।’

उनले मूर्त र अमूर्त संस्कृतिको संरक्षण गर्दै नेपाललाई गन्तव्यमा आधारित (डेस्टिनेसन बेस) पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारे । साथै, हरेक धर्मसँग जोडिएका पदमार्गको विकास गर्ने योजना आफूसँग रहेको उनले जानकारी दिए । 

मन्त्री पौडेलले आगामी पाँच वर्ष देशका लागि सहकार्य र समन्वयमार्फत काम गर्न कर्मचारीलाई आग्रह गरे  । ‘म कुनै प्रलोभनमा पर्ने छैन, सबै निर्णय सामूहिक र एकताबद्ध हुनेछन्’, उनले स्पष्ट पारे, ‘कामको मूल्याङ्कन योग्यता (मेरिटोक्रेसी)का आधारमा हुनेछ । हामीले कर्मचारीजस्तो मात्र भएर होइन, देश निर्माणको अभियन्ता बनेर काम गर्नुपर्छ ।’

मन्त्री पौडेलका मुख्य प्राथमिकताका क्षत्र

मन्त्री पौडेलले पदबहालीका क्रममा आफ्ना मुख्य प्राथमिकताका क्षेत्रमा कर्मचारीलाई जानकारी दिए । ‘एयर कनेक्टिभिटीअन्तर्गत हवाई सम्पर्कको विस्तार र नेपाल वायुसेवा निगमको जहाज थप्ने कार्यलाई तीव्रता दिइने छ । नीतिगत सुधारतर्फ पर्यटन बोर्डको पुनर्संरचना र निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिनेछ’, उनले भने ।

पूर्वाधार विकासका क्षेत्रमा पर्यटन पूर्वाधारमा लगानी बढाउने र सम्पदाहरूको महत्वलाई दृश्य माध्यमबाट प्रवर्द्धन गर्ने तथा मन्त्रालय र मातहतका निकायको काममा पारदर्शिता कायम गर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री पौडेलले उल्लेख गरे  ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मन्त्रालयको वर्तमान अवस्था, नीतिगत संरचना र आगामी योजनाबारे संक्षिप्त जानकारी गराएका थिए  ।
 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ७ : ४२ बजे

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको