काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका नखेलेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नेबारे नवनियुक्त गृहमन्त्री सुधन गुरुङ छलफलमा जुटेका छन् ।
आजैमात्र पद तथा गोपनीयताको शपथ खाएका सुधनले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजुअर्यालसँग छलफल गरेका हुन् । छलफल दुई घण्टादेखि जारी छ ।
पहिलो मन्त्रिपरिषद् बैठकले नै जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन भएको थियो । आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएको छ । आयोगले उनीहरूमाथि ज्यान मुद्दामा अनुसन्धान गर्न पनि सिफारिस गरेको छ । जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो ।
जेनजी आन्दोलनका अगुवा प्रतिनिधिरहेका सुधन अहिले गृहमन्त्री बनेका छन् । उनले मन्त्री बन्नुअघि पनि ओली र लेखकलाई कारबाही गर्नपर्ने माग राख्दै आएका थिए । अहिले उनी कार्यान्वयन गर्ने ठाउँमा पुगेपछि सरकारको निर्देशनअनुसार तत्कालीन सरकार प्रमुख र गृहमन्त्रीलाई पक्राउबारेको छलफल थालेका हुन् ।













प्रतिक्रिया