दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने « Khabarhub

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली– युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही यही वैशाख २५ गतेदेखि हुन लागेको हो ।

अध्यक्ष अभिशेख शाहले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आए पनि यस वर्षदेखि फुटबललाई जोड दिइएको बताए । ‘हामीले क्रिकेट प्रतियोगिता हरेक वर्ष गर्दै आएका थियौँ,’ उनले भने, ‘यस वर्षबाट फुटबल प्रतियोगितालाई पनि जोडेका छौँ ।’

प्रतियोगिताको उपाधि जित्ने टोलीले दुई लाख दुई हजार २२२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार ५०० रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार ५०० पुरस्कार प्रदान गरिने क्लबका कोषाध्यक्ष दीपक रिमालले जानकारी दिए ।

खासगरी युवाहरूलाई खेलकुदमा प्रेरित गर्न प्रतियोगिताले भूमिका खेल्ने कोषाध्यक्ष रिमालले विश्वास गरे । उनका अनुसार महिला फुटबलको हकमा ठूलो राशिको पहिलो प्रतियोगिता आयोजना हुन लागेको छ । प्रतियोगितामा देशभरबाट १६ महिला टोलीको सहभागिता रहनेछ ।

युथ अफ टीकापुरका खेलाडी सीमा बयकले विद्यालयबाट बाहिर गएर प्रतियोगिताहरुमा सहभागी भए पनि आफ्नै खेलमैदानमा प्रतियोगिता हुनु खेलाडीका लागि गर्वको विषय भएको बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ९ : ०८ बजे

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्