फिल्म सिरिज : सिक्वेलबाट चम्किएका कलाकार « Khabarhub

फिल्म सिरिज : सिक्वेलबाट चम्किएका कलाकार


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको हुन्छ दोस्रोमा त्यहीबाट सुरु हुन्छ । सिक्वेलमा फिल्मको नामको मात्रै प्रयोग हुन्छ । ब्रान्डमा रुपमा फिल्मको शीर्षकलाई प्रयोग २, ३ थपिन्छ ।

‘नाइ न भन्नु ल’, ‘होस्टल’, ‘छक्का पञ्जा’लगायत सिरिज हुन् । ‘जारी’ र ‘कबड्डी’हरु सिक्वेल हुन् । 

ब्रान्ड बनिसकेकाले सिरिज र सिक्वेलमा दर्शकको चासो रहन्छ । सोहीकारण यस्ता फिल्मबाट कलाकारहरू चर्चित हुने सम्भावना हुन्छ । 

नायक अनमोल केसीको हकमा भने यो कुरा उल्टो भएको पाइन्छ । अनमोल फिल्म ‘होस्टल’बाट उदाए । यसको सिक्वेलबाट थुप्रै नायक नायिका स्थापित भए । तर, अनमोल स्थापित भएपछि फिल्म सिरिज ‘छड्के २’मा अभिनय गरे ।

दर्शकले रुचाएको ‘छड्के’को सिरिज गर्दा उनी नराम्ररी बजारिए । त्यसपछि उनले विश्राम लिएर सोचविचार गरी फिल्म साइन गरे । छड्के २ लाई उनले करिअरको पहिलो इनिङको अन्तिम फिल्म घोषणा गरे । 

तर, अनमोलकै ब्रान्ड बनाएको फिल्म ‘होस्टेल’ सिरिजबाट उदाउने कलाकारको सूचीमा लामो छ । यस सिरिजबाट डेब्यू गरेर चर्चित बनेकी नायिका स्वस्तिमा खड्का पनि हुन् । अहिलको अवस्थामा सबैभन्दा डिमान्डमा रहने नायिका उनै हुन् । 

सिक्वेलबाटै उदाएकी मिरुना

नायिक मिरुना मगर सिक्वेलबाट उदायकी नायिका हुन् । उनी स्थापित बन्नुको जस रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’लाई जान्छ । 

त्यसअघि मिरुनाले तीन फिल्ममा अभिनय गरेकी थिइन् । तीनै फिल्म फ्लप भयो । दर्शक हलमा नपुगेपछि उनी चर्चामा आउन सकेकी थिइनन् । जब ‘कबड्डी ४’ हिट भयो । उनी व्यस्त नायिकामा गनिन थालिन् । 

त्यसपछि ‘जारी’ र ‘ऊनको स्वीटर’ जस्ता हिट फिल्मको उनको व्यवसायिक ग्राफ थप उकालो लाग्यो । उनी क्वालिटी फिल्म दिने नायिकामा गनिन्छिन् । 

 होस्टेलमा चर्चामा आएकाहरू

होस्टल सिरिजलाई नयाँ कलाकार जन्माउने ब्रान्डका रुपमा चिनिन्छन् । हुन पनि यो सिरिजमा डेब्यू कलाकारले नै मौका पाउँछन् । टिनएजर टार्गेट यो फिल्मको सबै सिक्वले व्यवसायिक रुपमा ठीकठाक हुँदा कलाकारहरूको करिअरमा फाइदै पुगेको छ । यस सिरिजमा डेब्यू गरेर सबैभन्दा बढी सफल बनेकी नायिका स्वस्तिमा खड्का नै हुन् । 

‘होस्टल २’बाट नायक स्वस्तिमासँगै नायक सुशील श्रेष्ठ र नाजिर हुसेन पनि हुन् । सुशील पनि स्थापित स्टार नायकका रुपमा गनिन्छन् । अहिले उनको एक्सन फिल्ममा बढी झुकाव देखिन्छ ।

नाजिरको हातमा फिल्मको कमी छैन । ‘होस्टल २’पछि उनी सहायक कलाकारका रुपमा संघर्ष गरे । पछिल्लो केही वर्षदेखि उनले आफूलाई शीर्ष नायकका रुपमा प्रस्तुत गर्न थालेका छन् । 

तथापि, उनी शीर्ष भूमिकामा रहेको फिल्म व्यवसायिक रुपमा सबै असफल छन् । तर, उनी अभिनय क्षमताकै कारण स्थापित कलाकारमा गनिन्छन् । 

‘होस्टल २’बाट पारस बम ‘कुल ब्वाइ’, ‘पदम तामाङ’ र ‘सिम्रन पन्त’ चर्चामा आए । ०८१ सालमा प्रदर्शनमा आएको उक्त फिल्मपछि यी कलाकारहरूको व्यस्तता बढ्दो छ । सिम्रनले अर्को हिट फिल्म ‘आबाट आमा’मा पनि अभिनय गरिसकेकी छन् । 

पदमले ‘गोबर गणेश’मा अभिनय गरिसके । पारस अहिले फिल्म ‘बेहुली’को छायाङ्कनमा छन् । उनी डिमान्ड राम्रो छ तर, चुजी देखिएका छन् । 

‘नाईं नभन्नु ल’

सबैभन्दा बढी सिक्वेल बनेको फिल्मबाट तीन कलाकार उदाएका छन्– अनुभव रेग्मी, वर्षा सिवाकोटी र आशीर्वाद क्षेत्री हुन् । 

‘नाइ न भन्नु ल २’बाट बाल कलाकारका रुपमा अनुभव रेग्मी उदाएका हुन् । उनी यस फिल्मका लिड कलाकार हुन् । यही फिल्मपछि उनको डिमान्डका बाल कलाकार बने । 

किशोर अवस्थामा पुगेपछि उनी न बालकलाकार न युवा नायकमा फिट भए । सोहीकारण उनको अहिले फिल्ममा आएका छैनन् । तर, उनको चर्चा स्थापित नायकको जस्तै हुने गर्छ । 

‘नाईं न भन्नु ल २’बाटै नायिका वर्षाले डेब्यू गरेकी हुन् । फिल्ममा उनको भूमिका सानो छ तर हिट बनेको गीतमा उनको अभिनय छ । सोहीकारण उनी दर्शक र मेकरको नजरमा परिन् । उनलाई फिल्म पाउन सहज भयो । अहिले उनी व्यस्त नायिकामा पर्छिन् । 

नायक आशीर्वाद क्षेत्रीको डेब्यू फिल्म ‘नाईं नभन्नु ल ६’ हो । यो फिल्म व्यापारिक रुपमा मध्यम भयो । तर, चर्चित सिरिजबाट डेब्यू गरेकाले अन्य मेकरको नजरमा पर्न आशीर्वादलाई सहज भयो । 

अहिले पनि उनी फिल्ममा सक्रिय छन् तर स्थापित बन्न प्रयासरत छन् । एक हिट फिल्मको खोजीमा उनी देखिन्छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ९ : ४९ बजे

सुर्खेतमा सम्पन्न भयो चौथो कर्णाली चलचित्र कार्यशाला 

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत ६ दिनदेखि सञ्चालन भइरहेको

शहीदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

बागलुङ– बागलुङको ताराखोला जोड्न शहीदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा

सात वर्षीय बालकले राखे कीर्तिमान

पोखरा– ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक

पोखरा सभागृह पुनर्निर्माण गरिने

गण्डकी– पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ ।