लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क « Khabarhub

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो ।

गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारको चोत्लुङ पार्कमा आयोजित चोत्लुङ साहित्य गोष्ठीमा भारत सिक्किमकी अनुसन्धाता एवं कवि सन्ध्या सिङ्जागो सुब्बाले कविता वाचन गरे।

उनसँगै दुई दर्जनभन्दा बढी चर्चित कविका कविताले दुई दिनसम्म चोत्लुङ पार्क गुञ्जयमान बन्यो । रैथाने वास्तु शैलीमा निर्मित पर्यटकीयस्थल चोत्लुङ पार्कमा यस किसिमको कार्यक्रम आयोजना गरेर लालीगुराँस नगरपालिकाले कला–साहित्यको मूल्यवोध गरेको विराटनगरदेखि आउनुभएकी कवि एवं आख्यानकार सीमा आभाषले बताए ।

गुराँस साहित्य गोष्ठीमा सङ्घीय राजधानी काठमाडौँसहित विभिन्न जिल्ला र छिमेकी मुलुक भारतसम्मका ख्यातिप्राप्त कविहरूले प्रकृति, संस्कृति, सामयिकता, प्रेम र मानवीय संवेदना समेटिएका कविता वाचन गरेर कविताका पारखीहरूलाई मन्त्रमुग्ध बनाएका थिए ।

कविता गोष्ठीको मुख्य आकर्षणका रूपमा रहनुभएका चलचित्र निर्देशक, आख्यानकार एवं कवि उपेन्द्र सुब्बाले समाजलाई गति दिन र समृद्ध बनाउन यस्ता वैचारिक जमघट र विमर्शहरू हुन आवश्यक रहेको बताए ।

भनिन्छ, साहित्य हृदयको भाषा हो । कविता अभिव्यक्तिको एक विशिष्ट रूप हो । कला–साहित्यले समाजका सुन्दर र कुरुप दुवै पक्षलाई कलात्मक प्रस्तुतिकासाथ उजागर गर्दछ । जसले समाजलाई चेतना प्रदान गर्दछ । यही सत्यलाई आत्मसात् गरेर जलवायु परिवर्तन र त्यसको असर न्यूनीकरणका लागि साहित्यका माध्यमबाट सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले बताए ।

प्रकृतिको सुन्दर काखमा प्रकृतिप्रति प्रेम दर्शाउन र प्रकृति संरक्षणको सन्देश फैलाउन आयोजना गरिएको गुराँस साहित्य गोष्ठीमा स्थानीय पर्यटन प्रवर्द्धन र विकास, गुराँस संरक्षणको सवाल साथै जलवायु परिवर्तन र मुन्धुमी ज्ञानबीचको सम्बन्धबारे पनि विमर्श गरिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ६ : १७ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित