चेल्सी एफएकपको फाइनलमा « Khabarhub

चेल्सी एफएकपको फाइनलमा


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । वेम्बलीमा भएको रोमाञ्चक भिडन्तमा १–० को जित निकाल्दै चेल्सीले अब उपाधिका लागि म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको हो । खेलको २३ औँ मिनेटमा एन्जोले गरेको गोल नै निर्णायक बनेको हो ।

खइंग्लिस प्रिमियर लिगमा खराब लयबाट गुज्रिरहेको चेल्सीका लागि यो जित निकै महत्वपूर्ण सावित भएको छ । पछिल्ला पाँच खेलमा गोल गर्न नसकी पराजय भोगेको टोलीका लागि फर्नान्डेजको गोलले राहत दिएको हो । प्रशिक्षकको बर्खास्ती र क्लबभित्रको उथलपुथलका बीच मैदानमा ओर्लिएको चेल्सीले सन् १९१२ यताकै खराब लयलाई तोड्ने प्रयास गरेको छ ।

आठ पटकको एफएकप विजेता चेल्सी यसपटक उपाधि जित्दै आफ्नो खस्किएको साख फर्काउने दाउमा छ । सन् २०२२ पछि पहिलो पटक फाइनल पुगेको चेल्सी १७ औँ पटक फाइनल पुगे हो ।

लिगको प्रदर्शन र क्लबको वर्तमान स्थितिलाई हेर्दा फाइनलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई रोक्नु चेल्सीका लागि ठूलो चुनौती हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ७ : ४६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका