चेल्सी एफएकपको फाइनलमा « Khabarhub

चेल्सी एफएकपको फाइनलमा


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । वेम्बलीमा भएको रोमाञ्चक भिडन्तमा १–० को जित निकाल्दै चेल्सीले अब उपाधिका लागि म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको हो । खेलको २३ औँ मिनेटमा एन्जोले गरेको गोल नै निर्णायक बनेको हो ।

खइंग्लिस प्रिमियर लिगमा खराब लयबाट गुज्रिरहेको चेल्सीका लागि यो जित निकै महत्वपूर्ण सावित भएको छ । पछिल्ला पाँच खेलमा गोल गर्न नसकी पराजय भोगेको टोलीका लागि फर्नान्डेजको गोलले राहत दिएको हो । प्रशिक्षकको बर्खास्ती र क्लबभित्रको उथलपुथलका बीच मैदानमा ओर्लिएको चेल्सीले सन् १९१२ यताकै खराब लयलाई तोड्ने प्रयास गरेको छ ।

आठ पटकको एफएकप विजेता चेल्सी यसपटक उपाधि जित्दै आफ्नो खस्किएको साख फर्काउने दाउमा छ । सन् २०२२ पछि पहिलो पटक फाइनल पुगेको चेल्सी १७ औँ पटक फाइनल पुगे हो ।

लिगको प्रदर्शन र क्लबको वर्तमान स्थितिलाई हेर्दा फाइनलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई रोक्नु चेल्सीका लागि ठूलो चुनौती हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ७ : ४६ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी