नेप्से परिसूचक ७ अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक ७ अंकले बढ्यो


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७३ अंकले बढेर दुई हजार ७९६ दशमलव ४३ को बिन्दुमा कायम भएको छ ।

आज ३५१ कम्पनीको एक करोड नौ लाख २८ हजार ६१७ कित्ता शेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १९, लगानी शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०७, व्यापार एक दशमलव ३९ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । 

बैंकिङ शून्य दशमलव ६८, विकास बैंक एक दशमलव १४, वित्त शून्य दशमलव ४४, होटल तथा पर्यटन शून्य दशमलव ९७, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन एक दशमलव ५२, लघुवित्त शून्य दशमलव २९ र निर्जीवन बीमा शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने निफ्रा ग्रिन इनर्जी डिबेन्चरको शेयर मूल्य १४ दशमलव ०१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ५१ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत