समातियो नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह, यसअघि पटके अपराधमा मुछिएका नै संलग्न « Khabarhub

समातियो नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह, यसअघि पटके अपराधमा मुछिएका नै संलग्न


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली मुद्रा जस्तो देखिने कागज प्रयोग गरी सर्वसाधारणलाई ठगी गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–५ निवासी ३८ वर्षीय सत्य नारायण चौधरीसहित रहेका छन्।

नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालयका अनुसार उनीहरूसँगबाट २ वटा झोलामा राखिएको ४० बण्डल नक्कली मुद्रा जस्तो कागज, बा.प्र.०१०३२ च ७३१२ नम्बरको ईभी मिनी हायस गाडी, बा ४७ प ५४११ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल तथा विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गरिएको छ।

अनुसन्धानबाट उक्त गिरोहले सुरुवातमा सानो रकमको कारोबार गर्दा सक्कली मुद्रा प्रयोग गरी पीडितको विश्वास जित्ने र पछि ठूलो रकमको कारोबारमा नक्कली मुद्रा जस्तो देखिने कागजको बण्डल दिएर ठगी गर्ने गरेको खुलेको छ।

त्यस्तै, ‘जग्गा मिलाइदिन्छु’ भन्दै बैना रकम लिने र पछि काम गर्न नसकिने बहाना बनाएर नक्कली नोट दिएर ठगी गर्ने गरेको पनि प्रहरीले जनाएको छ।

गिरोहका सदस्य मिलन कुमार तामाङले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने प्रलोभन देखाएर एक पीडितबाट करिब ५ लाख रुपैयाँ ठगी गरेको तथ्य समेत खुलेको छ।

प्रहरीका अनुसार यस गिरोहमा संलग्न अन्य व्यक्तिहरू पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन्।

भबिन्द्र कुमार तामाङ यसअघि जुवा ऐन अन्तर्गत पक्राउ परेका थिए । मुना धामी हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेको रेकर्ड रहेको छ। यस्तै, प्रबिण महतो बैंकिङ कसूर तथा ठगी मुद्दामा पक्राउ परिसकेको प्रहरीले जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ५ : ४६ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका