आईपीएल : दिल्लीले ८ रनमै गुमायो ६ विकेट, तीन ब्याट्सम्यान शून्य रनमै आउट « Khabarhub

आईपीएल : दिल्लीले ८ रनमै गुमायो ६ विकेट, तीन ब्याट्सम्यान शून्य रनमै आउट


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

दिल्ली – आईपीएल २०२६ को ३९औँ खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच प्रतिस्पर्धा भइरहेको छ। दिल्लीस्थित अरुण जेटली स्टेडियम मा भएको खेलमा बैंगलोरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

दिल्लीको सुरुवात निकै कमजोर रह्यो । टोलीले मात्र ८ रनमै ६ विकेट गुमाएको थियो । ताजा अवस्थामा ८ ओभरको समाप्तिमा दिल्लीले ६ विकेट गुमाएर ३४ रन बनाएको छ ।

हाल अभिषेक पोरेल र डेभिड मिलर क्रिजमा टिकेका छन्। दिल्लीका ३ ब्याट्सम्यान शून्य रनमै आउट भएका छन् ।

बैंगलोरका बलर भुवनेश्वर कुमार ले डेब्यु खेलिरहेका १८ वर्षका साहिल परख, ट्रिस्टन स्टब्स र अक्षर पटेललाई आउट गरे। त्यस्तै जोश हेजलवुड ले केएल राहुल, समीर रिजवी र नितीश राणालाई पभिलियन फर्काए।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ८ : ३८ बजे

‘प्रधानमन्त्रीको बोलीले सीमाबासीको मन दुखेको छ, संसद्‍मा उभिएर माफी माग्‍नै पर्छ’

बासना थापा नेपाली कांग्रेसकी प्रमुख सचेतक हुन्। नेपाली कांग्रेसबाट विजयी

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको साथ, कार्यान्वयनको बाटो खोलिदियो

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड

काठमाडौंमै बाँदर आतंक : भान्सामा छिरेर भात लैजान्छन्, सुकाएका लुगासमेत भेटिँदैनन्

काठमाडौं- पछिल्लो समय बाँदर आतंकले गाउँघरदेखि राजधानी काठमाडौंलाई समेत बाँकी

कर्णालीमा कर्मचारी अभावको गुनासो

काँक्रेविहार– कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको

 बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित