कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज « Khabarhub

कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर हुने कानुनी व्यवस्था खारेज हुने फैसला गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डा. मनोजकुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले सोमबार उक्त फैसला गरेको हो ।

“अदालतले मुलुकी देवानी संहिता ऐन, २०७४ मा रहेको कुष्ठरोगसम्बन्धी व्यवस्था अदालतले खारेज गरेको हो”, सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, “कुष्ठरोग पहिले निको नहुने र घातक रोगको रूपमा रहे पनि अहिले उपचारपछि निको भएर मानिस सामान्य अवस्थामा फर्किन सक्छ भन्ने दृष्टिकोणका साथ उक्त कानुनी व्यवस्था खारेज हुने निर्णय भएको हो ।”

अधिवक्ता प्रल्हाद महतलगायतले  कुष्ठरोग निको हुने र मानिस सामान्य अवस्थामा फर्किन सक्ने उल्लेख गर्दै कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर हुने कानुनी व्यवस्था खारेज माग गरिएको थियो । रासस

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ९ : ४० बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा