पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय फोटो पत्रकारको टोली आज बङ्गलादेश प्रस्थान गरेको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको सो टोली बङ्गलादेश फोटो पत्रकार सङ्घको निमन्त्रणामा बङ्गलादेश प्रस्थान गरेको हो ।

केन्द्रीय तथा जिल्ला तहबाट छनोट गरिएका तीन सदस्यसहितको उक्त टोलीले नेपाल–बङ्गलादेशबीच विगत २१ वर्षदेखि कायम रहँदै आएको फोटो पत्रकारिता मार्फतको भाइचारा सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।

टोलीले बङ्गलादेशमा ‘ब्युटिफूल नेपाल’ शीर्षकमा फोटो प्रदर्शनी आयोजना गर्नेछ । प्रदर्शनीमा नेपालको पर्यटकीय तथा सांस्कृतिक क्षेत्र झल्काउने ४० वटा तस्बिर प्रदर्शन गरिने कार्यक्रम रहेको समूहले जनाएको छ । प्रदर्शनीको मुख्य उद्देश्य नेपालको पर्यटन प्रवर्द्धन र अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्नु रहेको छ ।

बङ्गलादेशमा आयोजना हुने अन्तरराष्ट्रिय फोटो पत्रकारिता सेमिनारमा नेपाली टोलीले सहभागिता जनाउनेछ । उक्त सेमिनारमा अध्यक्ष वन्तले नेपालको समग्र फोटो पत्रकारिता तथा एसियाली सन्दर्भमा यसको अवस्था र चुनौतीबारे धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

टोलीले ‘आईएचआई फोटो जर्नलिस्ट अप्रिसिएसन अवार्ड २०२६’ कार्यक्रममा सहभागिता जनाउनेछ । यस प्रकारका कार्यक्रमले दुई देशबीचको पेसागत सम्बन्ध मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १० : ०४ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक