बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव « Khabarhub

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न सुझाव दिएको छ । हाल वाग्मतीमा १४ मन्त्रालय छन् ।

बागमती प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना प्रक्रियामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दलले मन्त्रालयको संख्या ७ वटामा सीमित गर्न सुझाव दिएको हो । नेकपा बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सोमबार सुझावपत्र बुझाउँदै प्रशासनिक सुधारलाई प्रभावकारी, मितव्ययी र परिणाममुखी बनाउन आग्रह गरे ।

प्रदेश सरकारको आकार ठूलो हुँदा आर्थिक व्ययभार बढ्ने र कार्यसम्पादनमा जटिलता आउने भन्दै मन्त्रालय संख्या सीमित गर्नुपर्ने बताइएको छ । प्रदेश स्थापना कालमै प्रस्ताव गरिएको ७ मन्त्रालयको संरचना वैज्ञानिक, सन्तुलित र व्यावहारिक रहेको भन्दै सोही मोडेललाई निरन्तरता दिनुपर्ने माग गरिएको हो ।

नेकपाले प्रस्ताव गरेको ७ मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास तथा सहकारी मन्त्रालय तथा उद्योग, संस्कृति, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेका छन् ।

प्रदेश सरकारले सुशासन, सामाजिक न्याय र समृद्ध प्रदेश निर्माण गर्ने उद्देश्यसहित उच्चस्तरीय प्रशासनिक पुनर्संरचना निर्देशक समिति तथा प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समिति गठन गरेका प्रति पनि नेकपाले आपत्ति जनाएको छ ।

सुझावपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले प्रमुख प्रतिपक्षी दलले दिएको सुझावलाई मानेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १० : १० बजे

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्