बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ ।

साथै युरोपियन युरो एकको खरिददर १७७ दशमलव ०९ र बिक्रीदर १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५ दशमलव २४ र बिक्रीदर २०६ दशमलव ०५ तथा स्वीस फ्राङ्क एकको खरिददर रु १९४ दशमलव ६४ र बिक्रीदर रु १९५ दशमलव ४१ निर्धारण गरिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ दशमलव ०३ र बिक्रीदर १०९ दशमलव ४६, क्यानेडियन डलर एकको खरिददर ११० दशमलव १० र बिक्रीदर रु ११० दशमलव ५४, सिङ्गापुर डलर एकको खरिददर ११९ दशमलव ०६ र बिक्रीदर रु ११९ दशमलव ५३ कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ दशमलव ५७ र बिक्रीदर नौ दशमलव ६१, चिनियाँ युआन एकको खरिददर २२ दशमलव ४२ र बिक्रीदर २२ दशमलव ५० तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० दशमलव ५३ र बिक्रीदर ४० दशमलव ६९ रहेको छ ।

कतारी रियाल एकको खरिददर ४१ दशमलव ७२ र बिक्रीदर ४१ दशमलव ८८, थाई भाट एकको खरिददर चार दशमलव ६८ र बिक्रीदर रु चार दशमलव ७० तथा यूएई दिर्हाम एकको खरिददर ४१ दशमलव ४० र बिक्रीदर रु ४१ दशमलव ५७ तोकिएको छ ।

मलेसियन रिङ्गिट एकको खरिददर ३८ दशमलव ४८ र बिक्रीदर रु ३८ दशमलव ६३, दक्षिण कोरियाली वन १०० को खरिददर १० दशमलव ०४ र बिक्रीदर १० दशमलव ०८, स्विडिस क्रोनर एकको खरिददर १६ दशमलव ३९ र बिक्रीदर रु १६ दशमलव ४६ तथा डेनिस क्रोनर एकको खरिददर रु २३ दशमलव ७० र बिक्रीदर रु २३ दशमलव ७९ कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर रु १९ दशमलव ४१ र बिक्रीदर १९ दशमलव ४९, कुवेती दिनार एकको खरिददर रु ४९५ दशमलव ८६ र बिक्रीदर रु ४९७ दशमलव ८२, बहराइन दिनार एकको खरिददर रु ४०३ दशमलव ४० र बिक्रीदर ४०४ दशमलव ९९ तथा ओमानी रियाल एकको खरिददर रु ३९५ दशमलव ०१ र बिक्रीदर रु ३९६ दशमलव ५७ कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : ५७ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान