इरान-अमेरिका वार्तामा पाकिस्तानको मध्यस्थतालाई चीनको समर्थन « Khabarhub

इरान-अमेरिका वार्तामा पाकिस्तानको मध्यस्थतालाई चीनको समर्थन


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले इरान र अमेरिकाबीच जारी तनाव समाधानका लागि पाकिस्तानसहित अन्य देशहरूले गरिरहेको मध्यस्थताको प्रयासलाई समर्थन गरेको जनाएको छ ।

चीनका विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्र सङ्घमा पत्रकारहरूसँग कुरा गर्दै वर्तमान अवस्थामा इरान र अमेरिकाबीच प्रत्यक्ष संवाद सबैभन्दा महत्वपूर्ण रहेको बताए।

उनले ‘हालको परिस्थितिमा सबैभन्दा महत्वपूर्ण कुरा अमेरिका र इरानबीचको वार्ता हो, किनभने ती नै मुख्य पक्ष हुन्,’ भन्दै पाकिस्तान तथा अन्य देशहरूको मध्यस्थता प्रयासलाई चीनले समर्थन गर्ने स्पष्ट पारे।

वाङ यीले संयुक्त राष्ट्र पुग्नुअघि पाकिस्तानका फील्ड मार्शलले असिम मुनिरसँग भेटवार्ता भएको जानकारी पनि दिए । साथै अमेरिका र इरानबीच संवादका लागि भइरहेका प्रयासलाई पनि चीनले सकारात्मक रूपमा लिएको उनको भनाइ थियो ।

चीनको यो प्रतिक्रिया अमेरिकाका रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले इरान–अमेरिका तनावमा पाकिस्तानको मध्यस्थकर्ताको भूमिकामाथि प्रश्न उठाएको केही समयपछि आएको हो ।

सिनेटर ग्राहमले मंगलबार अमेरिका र इरानबीचको सम्भावित द्वन्द्वमा पाकिस्तानको मध्यस्थ भूमिका ‘चिन्ताजनक’ भएको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  १ : २० बजे

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन