स्थिर लगानी १८ प्रतिशत बढीले वृद्धि हुने « Khabarhub

आर्थिक सर्वेक्षण

स्थिर लगानी १८ प्रतिशत बढीले वृद्धि हुने


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षमा स्थिर क्षेत्रमा हुने लगानी वृद्धि हुने भएको छ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षमा १८.६ प्रतिशतले बढ्ने अनुमान देखाएको हो ।

गत आर्थिक वर्ष यस्तो लगानी १०.९ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्ष कुल स्थिर लगानी कुल गार्हस्थ्य उत्पादनको २३.५७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष २६.२६ प्रतिशत पुग्ने अनुमान छ । पछिल्लो दशक कुल लगानी र कुल स्थिर लगानी कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत क्रमशः ३४.२६ प्रतिशत र २८.४५ प्रतिशत रहेको छ ।

त्यस्तै, सर्वेक्षण प्रतिवेदनअनुसार निजी क्षेत्रको कुल स्थिर लगानीमा समेत उल्लेख्य वृद्धि भएको छ । कुल स्थिर लगानीमा निजी क्षेत्रको लगानी करिब तीन चौथाई रहेको छ । चालु आर्थिक वर्ष कुल स्थिर लगानी १७ खर्ब ३३ अर्ब २३ करोड रहने अनुमान छ ।

कुल स्थिर लगानीमध्ये सरकारी (सार्वजनिक संस्थानसहित) र निजी लगानीको अंश क्रमशः २६.५ प्रतिशत र ७३.५ प्रतिशत अनुमान छ । गत आर्थिक वर्ष यस्तो अशं क्रमशः ४२.३ प्रतिशत र ५७.७रहेको थियो । 

चालु आर्थिक वर्ष तीन तहका सरकारको पुँजीगत खर्च तुलनात्मक रुपमा न्यून रहने अनुमानका आधारमा सरकारी लगानीमा उल्लेख्य कमी आउने अनुमान छ । पछिल्लो दशक कुल स्थिर लगानीमा निजी क्षेत्र र सरकारी क्षेत्रको अंश वार्षिक औसत क्रमशः ६८.३ प्रतिशत र ३१.७ प्रतिशत रहेको छ ।

न्यून पुँजीगत खर्च र सुस्त कर्जा लगानीका बाबजुद पनि कुल लगानी बढेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्ष कुल लगानी १०.७ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष यस्तो लगानी १५.६ प्रतिशतले बढेर २१ खर्ब ७ अर्ब ९० करोड पुग्ने अनुमान छ । 

पछिल्लो दशक कुल लगानी कुल गार्हस्थ्य उत्पादनको औसत ३४.२६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  २ : २५ बजे

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर