मेस्सीको चोटमात्रै होइन अर्जेन्टिनी प्रशिक्षक स्कालोनीको तनाव, अन्य भरपर्दा खेलाडी पनि समस्यामा छन् « Khabarhub

मेस्सीको चोटमात्रै होइन अर्जेन्टिनी प्रशिक्षक स्कालोनीको तनाव, अन्य भरपर्दा खेलाडी पनि समस्यामा छन्


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

ब्युनर्सआयर्स- यतिबेला अर्जेन्टाइन सुपरस्टार लियोनेल मेस्सीको शारीरिक अवस्थाले विश्व फुटबलको ध्यान तानेको छ। विश्वकप आउन केही साता समय बाँकी रहँदा अर्जेन्टिनी प्रशिक्षक लियोनेल स्कालोनीका लागि मेस्सी मात्रै चिन्ताको विषय होइनन्।

उनी अहिले विश्वकपका लागि अन्तिम टोली तयारीमा अन्य खेलाडीहरूको फिटनेस समस्यासँग पनि जुधिरहेका छन्।

मेस्सीको ह्यामस्ट्रिङ चोटले उनको विश्वकप सहभागितामा ठूलो खतरा पुग्ने अवस्था त छैन । तर पनि स्कालोनीअनुसार उनी हाल पूर्ण फिट अवस्थामा छैनन् । अर्जेन्टिनाको प्री–टुर्नामेन्ट क्याम्पमा पनि राम्रो शारीरिक अवस्थामा सहभागी हुने सम्भावना छैन।

इन्जुरीका बाबजुद प्रारम्भिक रिपोर्ट धेरै गम्भीर नरहेको स्कालोनीले बताएका छन्। उनले डीस्पोर्ट्ससँगको अन्तर्वार्तामा भने, ‘प्रारम्भिक रिपोर्ट पूर्ण रूपमा खराब छैन। अब हामी थप परीक्षणको नतिजा र उनको सुधारको अवस्थालाई पर्खिरहेका छौँ।’

मेस्सीले आइतबार फिलाडेल्फिया युनियनविरुद्धको ६–४ को जितमा ७३ औँ मिनेटमा मैदान छाडेका थिए। पछि इन्टर मियामीले उनको बायाँ ह्यामस्ट्रिङमा मांसपेशी थकान भएको जानकारी दिएको थियो।

स्कालोनीले भने, ‘हामी सबैले मेस्सी पूर्ण फिट भएर टोलीमा आउन चाहेका थियौँ, तर अवस्था त्यस्तो छैन। यो समस्या केवल उनी मात्र होइन, धेरै खेलाडी अझै पूर्ण रूपमा फिट भइसकेका छैनन्। हाम्रो प्राथमिकता उनीहरूको पुनःस्थापना हो ताकि विश्वकपमा सबै उत्कृष्ट अवस्थामा पुग्न सकून्।’

अर्जेन्टिनाको टोलीमा अन्य खेलाडी पनि चोटको समस्यामा छन्। कतार विश्वकप २०२२ का नायक तथा एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजको औँलामा चोट छ । टोटनह्यामका डिफेन्डर क्रिस्टियन रोमेरो घुँडाको लिगामेन्ट चोटबाट निको हुने प्रयासमा छन्।

राइट–ब्याक नाहुएल मोलिना र गोन्जालो मोन्टिएल पनि मांसपेशी चोटसँग जुधिरहेका छन्। त्यस्तै, मिडफिल्डर निको पाजले घुँडाको समस्याका कारण पछिल्लो खेल गुमाएका छन् । उता ने विङ्गर निकोलस गोन्जालेज मांसपेशी चोटबाट निस्किने चरणमा छन्।

स्कालोनीले सबै खेलाडीलाई अन्तिम टोली घोषणा (जुन जुन २ सम्म फिफालाई बुझाउनुपर्नेछ) अघि निरन्तर मूल्याङ्कन गरिने बताएका छन्। यीमध्ये कुनै पनि खेलाडी हालसम्म तयारी खेलमा सहभागी हुने सम्भावना छैन।

यसैबीच स्कालोनीले अमेरिकाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि युवा खेलाडीहरूलाई टोलीमा बोलाएका छन्। अन्तिम टोली घोषणा र विश्वकप खेलबीच चोटका कारण परिवर्तन आवश्यक पर्न सक्ने सम्भावना रहेको छ।

अर्जेन्टिना आफ्नो आधार शिविर स्पोर्टिङ केसीको प्रशिक्षण केन्द्रमा स्थापना गर्नेछ, जुन १ मा त्यहाँ पुग्नेछ। टोलीले जुन १६ मा अल्जेरियाविरुद्ध विश्वकप अभियान सुरू गर्नेछ, त्यसपछि अस्ट्रिया र जोर्डनसँग खेल्नेछ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ३ : ०४ बजे

हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प

जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो

शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन्

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज