दिलजीत दोसाँझको घरमा बम विस्फोटको धम्की « Khabarhub

दिलजीत दोसाँझको घरमा बम विस्फोटको धम्की


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसाँझलाई लक्षित गर्दै बम विस्फोटको धम्की आएपछि भारतको लुधियानामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नगर आयुक्तको आधिकारिक इमेलमा आएको धम्कीपूर्ण सन्देशले प्रशासन र सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको हो ।

सोमबार बिहान ७:२८ बजे पठाइएको इमेलमा लुधियानाकी मेयर इन्द्रजीत कौरको घर र कार्यालयसँगै दिलजीत दोसाँझको घरमा पनि बम विस्फोट गराइने चेतावनी दिइएको थियो । इमेलमा दिउँसो १:११ बजे मेयरमाथि आक्रमण हुने र राति ९:११ बजे दोसाँझको घरमा विस्फोट गराइने उल्लेख गरिएको बताइएको छ ।

धम्कीपूर्ण सन्देशमा गायक दिलजीतलाई सहयोग गर्ने व्यक्तिहरूलाई समेत निशाना बनाइने चेतावनी दिइएको थियो ।

साथै, १९८४ को सिख दङ्गाको प्रसंग जोड्दै भड्काउने र हिंसात्मक भाषा प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इमेलको अन्त्यमा सन्देशलाई एक पृथकतावादी संगठनसँग जोड्ने प्रयाससमेत गरिएको बताइएको छ ।

धम्की प्राप्त भएपछि प्रहरीले तुरुन्तै नगर निगम कार्यालय खाली गराएर बम स्क्वाड र सुरक्षाकर्मी परिचालन गरेको थियो। कार्यालय परिसर र आसपासका क्षेत्रमा व्यापक खोजी अभियान चलाइए पनि प्रारम्भिक जाँचमा कुनै शंकास्पद वस्तु फेला परेन । त्यसपछि कर्मचारीहरूलाई पुनः कार्यालय प्रवेश गर्न अनुमति दिइएको थियो ।

हाल मेयरको कार्यालय, सरकारी भवन र अन्य संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

साइबर सेलले इमेल पठाउने व्यक्तिको आईपी ठेगाना पहिचान गर्ने प्रयास गरिरहेको छ भने प्रहरी अधिकारीहरूले घटनालाई गम्भीर रूपमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको बताएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ३ : १६ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय