‘डन ३’ विवादपछि रणवीर सिंहमाथि फिल्मकर्मीको ‘नन-कोअपरेशन’ « Khabarhub

‘डन ३’ विवादपछि रणवीर सिंहमाथि फिल्मकर्मीको ‘नन-कोअपरेशन’


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह यतिबेला फिल्म डन ३ सम्बन्धी विवादका कारण चर्चामा छन्। भारतको फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले उनीविरुद्ध ‘नन–कोअपरेशन’ अर्थात् सहकार्य नगर्ने निर्देशन जारी गरेपछि बलिउड उद्योगमा नयाँ बहस सुरु भएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले विवाद समाधान नभएसम्म रणवीरसँग कुनै पनि सदस्यले सहकार्य नगर्ने निर्णय सार्वजनिक गरेको हो। निर्मातापक्षले फिल्मको प्रि–प्रोडक्सन चरणमा भएको कथित आर्थिक क्षतिको भरपाईस्वरूप रणवीरसँग ४५ करोड भारतीय रुपैयाँ माग गरेको दाबी पनि गरिएको छ।

विवाद चर्किरहेकै बेला सोमबार राति रणवीर मुम्बई एयरपोर्टमा देखिएका थिए। सेतो कुर्ता–पाइजामा र कालो ओभरकोटमा रहेका उनले मास्कले अनुहार ढाकेका थिए। सञ्चारकर्मीहरूले प्रश्न सोधे पनि उनले कुनै प्रतिक्रिया दिएनन् र फोटोका लागि पनि रोकिन चाहेनन्। यद्यपि उपस्थित फ्यानहरूले उनलाई समर्थन जनाउँदै ताली बजाएका थिए। सामाजिक सञ्जालमा पनि उनलाई समर्थन गर्ने प्रतिक्रिया देखिएको छ।

लामो मौनता पछि उनका प्रवक्ताले आधिकारिक वक्तव्य जारी गर्दै रणवीरले जानाजानी सार्वजनिक प्रतिक्रिया नदिएको स्पष्ट पारेका छन्। वक्तव्यमा उनले ‘डन’ फ्रेन्चाइजी र फिल्म उद्योगसँग जोडिएका सबैप्रति गहिरो सम्मान रहेको उल्लेख गरिएको छ।

वक्तव्य अनुसार, व्यावसायिक मतभेदलाई परिपक्वता र आपसी सम्मानका साथ समाधान गर्न सकिन्छ भन्ने विश्वासका कारण उनले तत्काल प्रतिक्रिया नदिने निर्णय गरेका हुन्। रणवीर आफ्नो ध्यान काम र आगामी जिम्मेवारीमा केन्द्रित रहेको पनि उल्लेख छ।

हाल दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेका बताइन्छ। यसबीच डन ३ को भविष्य, रणवीरको भूमिका र विवादको समाधान कसरी हुन्छ भन्ने विषयले बलिउडमा ठूलो चासो पैदा गरेको छ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ३ : १९ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन