विकासोन्मुख मुलुक बन्न नेपाललाई ७ खर्ब ५५ अर्ब थप लगानी आवश्यक « Khabarhub

आर्थिक सर्वेक्षण

विकासोन्मुख मुलुक बन्न नेपाललाई ७ खर्ब ५५ अर्ब थप लगानी आवश्यक


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले दिगो विकास लक्ष्य हासिल गर्दै अति कम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन आगामी चार वर्षभित्र थप ७ खर्ब ५५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको छ ।

बुधबार सार्वजनिक गरिएको आर्थिक वर्ष ०८२/०८३ को आर्थिक सर्वेक्षण प्रतिवेदनले उक्त लक्ष्य हासिल गर्न आवश्यक लगानी र सुधारका क्षेत्रहरूबारे सुझाव दिएको हो ।

प्रतिवेदन अनुसार नेपालले सन् २०३० भित्र दिगो विकास लक्ष्य पूरा गरे मात्र विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने अवसर पाउनेछ ।

सर्वेक्षणमा उल्लेख गरिए अनुसार नेपालले विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुन ९४.८५ प्रतिशत लक्ष्य सूचक हासिल गर्नुपर्ने हुन्छ । तर हालसम्मको प्रगति ६८.५८ स्कोरमा सीमित रहेको छ ।

गत वर्ष यही सूचक ४०.४ प्रतिशत रहेको थियो । यस आधारमा एक वर्षमै करिब २८ प्रतिशतले सुधार भएको देखिएको प्रतिवेदनले जनाएको छ ।

सरकारले पूर्वाधार, सामाजिक विकास, स्वास्थ्य, शिक्षा र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि नगरे दिगो विकास लक्ष्य समयमै हासिल गर्न चुनौती रहने पनि प्रतिवेदनमा औँल्याइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ३ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको