नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढ्यो « Khabarhub

नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढ्यो


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २१ अङ्कले उकालो लागेर ४७५ दशमलव ५१ मा पुगेको छ ।

कारोबार भएकामध्ये १५१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १०५ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, १४ कम्पनीको भने कुनै परिवर्तन भएको छैन ।

नेप्सेका अनुसार, कूल ३५४ कम्पनीको एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर रु छ अर्ब तीन करोड ६४ हजार ८४० मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी र ङ्यादी ग्रुप पावर शीर्ष स्थानमा छन् ।

यस्तै, कालीञ्चोक हाइड्रोपावर, बुङ्गल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, आँखु खोला जलविद्युत् कम्पनी र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै, सानिमा डिवेञ्चर, मञ्जुश्री फाइनान्स लिमिटेड, माछापुच्छ्रे बैंकको डिवेञ्चर, सिर्जनशिल लघुवित्त र प्राइम डिवेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् । 
 

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ३ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको